मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा तयारी इलाममा पूरा भएको छ । दुई सङ्घीय र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित भएका छन् । म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए ।“दश पालिका रहेको इलामका सम्पूर्ण क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्”, उनले