काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्षसहित सात केन्द्रीय कार्यसमिति सदस्यले कार्यसमिति बैठक माग गर्दै अध्यक्ष कर्मा छिरिङ शेर्पालाई लिखित पत्र पठाएका छन्।सात जनाले बैठक बस्न माग गर्दै आज एन्फा मुख्यालयमा पत्र दर्ता गराएका हुन्। बैठक माग गर्नेमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्षहरू कृष्णबहादुर थापा र वीरबहादुर खड्का तथा सदस्यहरू किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामा छन्।उनीहरूले लामो समयदेखि बैठक नबसेको र फुटबल विकासको सम्बन्धमा कुनैपनि छलफल नभएको भन्दै फु