काठमाडाैँ- आज अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ। एन्फाको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक बस्न लागेको हो। एन्फामा नयाँ नेतृत्व आएपछि पहिलोपटक बैठक बस्न लागेको छ। बैठकका लागि १२ वटा एजेण्डा राखिएको छ। महिला साफ च्याम्पियनसिपको तयारी, विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका अजेन्डामा छलफल र निर्णय हुने एन्फाले जनाएको छ।