राष्ट्रिय मानव अधिकार आयोगले चलचित्र अभिनेता पल शाहमाथि लागेको जबरजस्ती करणीको आरोपमा संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान गोप्य‚ निष्पक्ष‚ स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने भन्दै आयोगले आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजीले अनुसन्धान प्रक्रिया प्रभावित हुने बताएको हो ।