माघ ६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा २१ हजार ७ पीसीआर परीक्षणमा १० हजार ५२ जना र ६ हजार ४९० एन्टिजेन परीक्षणमा २ हजार २८६ जना गरी कुल १२ हजार ३३८ जनामा भाइरसको संक्रमण देखिएको हो । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।
त्यस्तै, सोही अवधिमा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना पुगेको छ ।
काठमाडौं उपत्यकामा एकैदिन थपिए ६८९१ संक्रमित
काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौ जिल्लामा ५ हजार १ जना, ललितपुर जिल्लामा १ हजार १३० जना र भक्तपुर जिल्लामा ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।