पुँजी लगानी गरी विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा नै गैर नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाएका छन्।नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई उनले आह्वान गरेका छन्।गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको पनि उनले बताए।

सम्बन्धित सामग्री

नेपालमा वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउनका लागि सहयोग गर्न १९ देशका गैर आवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाई आग्रह गरेका छन्।...

६३५ मेगावाटको दूधकोशीमा लगानी गर्ने एडीबीको प्रतिबद्धता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधवार आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।   टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको थियो । कार्यक्रममा महानिर्देशक सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट भएको यो करीब अन्तिम निरीक्षण भएको भन्दै एडीबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको बताए । आयोजनाप्रति स्थानीय बासिन्दाको स्वीकार रहेको उल्लेख गर्दै उनले ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जति सक्दो छिटो टुंगो लगाएर निर्माणमा लैजानुपर्ने बताए ।   आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर (करीब २ खर्ब २५ अर्ब रुपैयाँ) छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ । एडीबीको नेतृत्वमा विभिन्न अन्तरराष्टिय वित्तीय संस्थाहरूबाट आयोजनामा एक अर्ब डलर सहुलियतपूर्ण ऋण लगानी हुनेछ । यसमध्ये एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले निर्णय प्रक्रियालाई तीव्रता दिन लगनशीलताका साथ काम गरिरहेको र नेपाल सरकारसँग बारम्बार वार्तामा संलग्न रहेको बताए । उनले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना एक मेगा प्रोजेक्ट र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको भन्दै स्थानीय समुदायमा धैर्यता राख्न आग्रह गरे ।  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् प्रणालीका लागि दूधकोशी महत्त्वपूर्ण आयोजना भएकाले एक वर्षभित्रमा (सन् २०२४ डिसेम्बर) एडीबीको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए । यसका लागि अहिले प्राविधिक, वातावरणीय र सामाजिक विषयहरूलाई अन्तिम रूप दिने काम भइरहेको उनले उल्लेख गरे ।  कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले आयोजना अगाडि बढ्न नसक्दा स्थानीयरूपमा विकास निर्माणका क्रियाकलाप ठप्प भएकाले आयोजनाका विषयमा रहेको अन्योलता तत्काल हटाउन आग्रह गरेका थिए । उनीहरूले आयोजनालाई अगाडि बढाउन स्थानीयरूपमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।  कार्यक्रममा चिसंखुगढी गाउँपालिका, ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले आयोजनाको लामो अध्ययन चरणलाई तीव्रता दिई जग्गाको मुआब्जा वितरण र निर्माण कार्य तत्काल थालनी गर्नुपर्ने धारणा राखे । शर्माले यस क्षेत्र भौगोलिक रूपमा दुर्गम तथा आर्थिकरूपमा अविकसित रहेको र यसै आयोजनाका कारण पुल, सडक निर्माण जस्ता पूर्वाधार विकासका विभिन्न आयोजनाहरू ठप्प भएकाले बाहिरी बसाइँसराइको दर बढ्दै गएको चिन्ता व्यक्त गरे । उनले यस आयोजनालाई सफल पार्न स्थानीय तहको सम्पूर्ण सहयोग रहेको बताए ।  त्यसैगरी, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले स्थानीय बासिन्दाको लामो समयको प्रतीक्षाको अन्त्य हुने विश्वास व्यक्त गर्दै यो आयोजनाको काम चाँडो शुरु हुने विश्वास व्यक्त गरे । मेयर राईले हलेसी तुवाचुङ नगरपालिका र खोटाङमा रहेको बसाइँसराइको प्रवृत्तिबारे जानकारी दिँदै आयोजना तत्काल शुरु भए बसाइँसराइको दरमा कमी आउन सक्ने संकेत गरे ।  उनले आफू र स्थानीय समुदायले यो आयोजना विभिन्न चरणमा अगाडि बढिरहेको र समयमै सम्पन्न गर्न आतुर रहेको बताए । साथै उनले यहाँको समुदाय यस आयोजनालाई सफल बनाउन मानसिक र भौतिकरूपमा तयार रहेको आश्वासन दिए ।  खोटाङको रावबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले आयोजनाबाट प्रभावित जनताको जीविकोपार्जनमा सुधार आउने आशा व्यक्त गरे । उनले आयोजना छिट्टै शुरु हुनेमा आफू पनि विश्वस्त रहेको बताए । श्रेष्ठले आयोजनालाई प्रभावित जिल्ला हरेक व्यक्तिले सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।  आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुने छन् । जसमध्ये २३८ घरधुरी पूर्ण २९०१ घरधुरी आंशिक रुपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करीब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाबाट वार्षिकरूपमा ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुने छ । यसमध्ये सुख्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको निर्माण अवधि ७ वर्षको छ ।

उद्योग मन्त्री रिजाल र इटालीका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २२ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इटालीका गैर–आवासीय महामहिम राजदूत भिन्सेन्जो डि लुकाले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानी लगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै कायम रहेको सुखद र […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। पूँजी लगानी गरी देश विकासमा सहयोग गर्न गैर आवासीय नेपालीलाई प्रधानमन्त्री ्शेरबहादुर देउवाले आग्रह गरेका छन्।नेपाल राष्ट्र बैंकले पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्मा ग्रीन क्लाइमेट फण्डमा सहभागी हुन अमेरिका प्रस्थान भएसँगै प्रधानमन्त्रीले अर्थमन्त्रालयको जिम्मेवारी उर्जामन्त्री पम्फा भुसाललाई दिएका छन्।लघुवित्त संस्थाहरुको खारेजीको माग गर्दै संघर्ष समितिले काठमाडौंमा गर्यो विरोध प्रदर्शन

गैर नागरिकता सम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्।...

गैर नागरिकता सम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ । मङ्गलवार आज गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो। प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली सङ्घलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले हरेक गैरआवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जाेगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्...

लगानी गर्ने पैसा नभएपछि सानिमा बैंकले लियो २ करोड अमेरीकी डलर ऋण

काठमाडौं । सानिमा बैंकले अन्र्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग २ करोड अमेरीकी डलर ऋण लिएको छ । लगानी योग्य रकमको अभाव भएपछि गत वर्ष नै बैंकले आइएफसीसँग ऋण ल्याउन पहल गरिरहको थियो । आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एसफइले यो ऋणले नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने बताए । बुधबार एक कार्यक्रमका बीच सानिमा र आइर्एफसीबीच […]

कलेक्टिभरुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकाललको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा संकुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्रयाउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए ।“मुलुक अहिले वैदेशिक मुद्रा संचितिको चाँपबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउदै लगानी विस्तारका लागि तपाईहलाई यो उपयुक्त अवसर होे । प्रत्यक मुलुकको वा शहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस् । तपाईले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ,” उनले भने ।उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए । “नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईहरुको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईहरुसँगै हुनेछौ । यहाँहरुलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरुलाई प्रतिवद्धतासमेत जनाउन चाहन्छु,” उनले भने । उनले नेपालको अर्थतन्त्रका केही सुचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताए । “नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलंका ठूलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनौ । अर्को कुरा उनीहरुको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिट्यान्स भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौ र त्यो बाटोमा पनि छैनौ,” उनले भने ।आईपीओमा गैर आवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्ट्याउदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुग्ने बताउँदै उनले नेपालमा गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा गरे । उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैर आवसीय नेपालीहरुलाई आग्रह समेत गरे ।

डोल्मा इम्प्याक्ट कोषले साना व्यवसायीलाई १ करोड डलर लगानी गर्ने

आईएफसीले डोल्मा इम्प्याक्ट कोष २ मा १ करोड डलर लगानी गर्ने भएको छ । आईएफसीका नेपाल आवासीय प्रतिनिधि, बाबाकार एस फायेलेडोलमा जस्ता निजी इक्विटी कोषहरू नेपाली कम्पनीहरूका लागी पुँजी र विशेषज्ञताको महत्वपूर्ण स्रोत हुनसक्ने बताएका छन् । यस्ता लगानीबाट महामारीको प्रभावसँग संघर्ष गरिरहेका व्यवसायहरुलाई पनि सहयोग पुग्ने बताइएको छ ।सो लगानीअन्तर्गत साना र मध्यम आकारका […]