डोल्मा इम्प्याक्ट कोषले साना व्यवसायीलाई १ करोड डलर लगानी गर्ने

आईएफसीले डोल्मा इम्प्याक्ट कोष २ मा १ करोड डलर लगानी गर्ने भएको छ । आईएफसीका नेपाल आवासीय प्रतिनिधि, बाबाकार एस फायेलेडोलमा जस्ता निजी इक्विटी कोषहरू नेपाली कम्पनीहरूका लागी पुँजी र विशेषज्ञताको महत्वपूर्ण स्रोत हुनसक्ने बताएका छन् । यस्ता लगानीबाट महामारीको प्रभावसँग संघर्ष गरिरहेका व्यवसायहरुलाई पनि सहयोग पुग्ने बताइएको छ ।सो लगानीअन्तर्गत साना र मध्यम आकारका […]

सम्बन्धित सामग्री

वल्र्डलिंकको तीन वर्षको सञ्चालन नाफा २३ अर्बभन्दा बढी

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले तीन वर्षमा करीब २४ अर्ब रुपैयाँ नाफा गरेको छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले तीन वर्षको अवधिमा २३ अर्ब ८८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो । केयर रेटिङ्सका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२० मा ६ अर्ब ५४ करोड रुपैयाँ, वित्तीय वर्ष २०२१ मा ७ अर्ब ९५ करोड रुपैयाँ र वित्तीय वर्ष २०२२ मा ९ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । वल्र्डलिंकले गत मार्चमा ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी भित्त्याएको छ । यससँगै कम्पनीको विदेशी लगानीबाट संकलित पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब १८ करोड रुपैयाँको दीर्घकालीन कर्जा र ३ अर्ब १ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाका लागि ‘ए’ र अल्पकालीन कर्जाका लागि ‘ए टु प्लस’ रेटिङ दिएको छ । केयर रेटिङ्सका अनुसार नेपालको समग्र इन्टरनेट बजारमा वल्र्डलिंकको बजार हिस्सा २९ प्रतिशत रहेको छ । यस्तै फाइबर इन्टरनेटमा उसको बजार हिस्सा ३० प्रतिशत छ । गत अप्रिलसम्ममा ७० भन्दा बढी जिल्लामा कम्पनीका ७ लाख ७२ हजार ग्राहक छन् । मुलुकभर यस कम्पनीका ८८ ओटा शाखा छन् । कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवाल रहेका छन् । यस्तै कार्यकारी निर्देशकमा मनोजकुमार अग्रवाल र विजयकुमार जलान रहेका छन् ।

वर्ल्डलिंकको तीन वर्षको सञ्चालन नाफा २३ अर्बभन्दा बढी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले तीन वर्षमा नै २३ अर्बभन्दा बढी सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले तीन वर्षमा २३ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो ।  केयर रेटिङ्सका अनुसार कम्पनीले वित्तीय वर्ष २०२० मा ६ अर्ब ५४ करोड रुपैयाँ, वित्तीय वर्ष सन् २०२१ मा ७ अर्ब ९५ करोड रुपैयाँ र वित्तीय वर्ष सन् २०२२ मा ९ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । वित्तीय वर्ष सन् २०२२ मा कम्पनीको आम्दानीको ४२ % प्रतिशत हिस्सा आईएसपी सेवामा खुद्रा ग्राहकहरूबाट र ७% आईएसपी सेवामा कर्पोरेट ग्राहकहरूबाट भएको छ ।  वर्ल्डलिंकले शृङ्खला बीको विदेशी लगानीअन्तर्गत गत मार्चमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याएको छ । कम्पनीको विदेशी लगानीबाट संकलित पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कम्पनीले २ अर्ब १८ करोड रुपैयाँको दीर्घकालीन कर्जा र ३ अर्ब १ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि ए र अल्पकालीन कर्जाको लागि ए टु प्लस रेटिङ दिएको छ । केयर रेटिङ्सका अनुसार नेपालको इन्टरनेट बजारमा वर्ल्डलिंकको बजार हिस्सा २९ प्रतिशत छ । फाइबर इन्टरनेटमा वर्ल्डलिंकको बजार हिस्सा ३० प्रतिशत छ । गत अप्रिलसम्म देशकाे ७० भन्दा बढी जिल्लाहरूमा कम्पनीका ७ लाख ७२ हजार ग्राहक छन् । कम्पनीको मुलुकभर ८८ ओटा शाखा छन् ।  कम्पनीको अध्यक्षमा तथा प्रबन्ध निर्देशकमा दिलिप अग्रवाल छन् भने कार्यकारी निर्देशकमा मनोज कुमार अग्रवाल र विजय कुमार जलन छन् ।

जाइकाले डोल्मा इम्प्याक्ट फन्ड- २ मा १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले डोल्मा इम्प्याक्ट फण्ड–२ मा १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबर रकम लगानी गर्ने भएको छ ।  डोल्मा फन्ड म्यानेजमेन्ट (डीएफएम)द्वारा प्रवर्द्धित स्वपुँजी लगानी (प्राइभेट इक्विटी) कोष डोल्मा इम्प्याक्ट फन्डमा सो रकम लगानी प्रतिवद्धतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।