डोल्मा इम्प्याक्ट कोषमा १ करोड डलर लगानीले साना व्यवसायहरुलाई सहयोग गर्छ : आईएफसी

जेठ १३, काठमाडौं ।  आईएफसीका नेपालका आवासीय प्रतिनिधि बाबाकार एस फायेलेले डोलमाजस्ता निजी इक्विटी कोषहरू नेपाली कम्पनीहरूका लागि पूँजी र विशेषज्ञता महत्वपूर्ण स्रोत हुन सक्ने बताएका छन् । साथै उनले यस्ता लगानीबाट महामारीको प्रभावसँग संघर्ष गरिरहेका व्यवसायहरुलाई सहयोग पुग्ने पनि  बताएका छन् । उनको यो भनाइ आईएफसीले डोल्मा इम्प्याक्ट कोष- २ मा १ करोड डलर लगानी गर्ने निर्णय गरेपछि आएको हो। सो  लगानीअन्तर्गत साना र मध्यम आकारका उद्यमहरुलाई (एसएमई) स्वास्थ्य सेवा, नवीकरणीय उर्जा, प्रविधि र अन्य महत्वपूर्ण क्षेत्रमा सहयोग पुग्ने छ। एसएमईहरू नेपालको विकासका प्रमुख इञ्जिन हुन्, जसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २० प्रतिशत योगदान पुर्‍याउँछन् र र देशमा ६० प्रतिशत रोजगारी सृजना गर्दछन्। महामारीअघि नै एसएमईहरूको सीमित वित्तीय पहुँच थियो । हाल नेपालका एसएमईहरुमध्ये ३९ प्रतिशतको मात्र वित्तीय पहुँच छ। डोल्मा फण्ड व्यवस्थापन नेपालमा केन्द्रित पहिलो निजी इक्विटी कोष प्रबन्धक हो। डोल्मा फण्ड म्यानेजमेन्टका सीईओ टिम गोचरले भने, ‘यसले सम्भावित कम्पनीहरूमा लगानी गर्न मे २०२१ मा डोल्मा इम्प्याक्ट फन्ड- २ को शुरुवातमा ४ करोड डलर सञ्चित गरेको छ। क्षमता, सीप वृद्धि र प्रतिस्पर्धात्मकता र नेपालमा दिगो रोजगारी सृजना लक्षित कोषको आकार ७ करोड ५० लाख डलर रहेको छ।’ उनले भनेका छन्- हामी विश्वस्त छौं कि आईएफसीको सहभागिताले फण्ड जुटाउन अझ बढी सहयोग गर्नेछ।  ‘आईएफसीको इक्विटी लगानीमा अन्तरराष्ट्रिय विकास संघको निजी क्षेत्र विन्डोबाट ५० लाख डलर समावेश छ, जुन कम आय भएका देशहरूमा निजी क्षेत्रको लगानी उत्प्रेरित गर्न सृजना गरिएको हो। कोभिड-१९ घटनामा वृद्धि भएपछि नेपाल गाह्रो अवस्थामा छ, तर हामी यो देशको सम्भावनामा विश्वास गर्छौं’, बाबाकार एस फायेले भने।  ‘नेपालजस्तो उदाउँदो बजार जहाँ यसको कमी छ, त्यहाँ पूँजी उपलब्ध गराएर निजी इक्विटी कोषले स्थानीय व्यवसायीहरूलाई उनीहरूको काम विस्तार गर्न, थप रोजगारी सृजना गर्न र महत्वपूर्ण वस्तुहरू र सेवाहरू प्रदान गर्न मद्दत हुने विश्वास छ’, उनले भनेका छन् । आईएफसीको प्रतिवेदन अनुसार १०० मिलियन डलरभन्दा कमको संयुक्त पूँजीसँग नेपालमा सञ्चालित निजी इक्विटी कोषहरू अन्य उदयमान अर्थतन्त्रहरूको तुलनामा थोरै छन् र विकासको सम्भावित संभावना धेरै छ। उक्त कोषका लागि नेपालमा आईएफसीले निजी इक्विटीमा गरेको यो दोस्रो लगानी हो। आईएफसीको अहिलेको नेपाल पोर्टफोलियो ५० करोड ५० लाख डलर रहेको छ।

सम्बन्धित सामग्री

आईएफसीद्वारा ग्लोबल आइएमई बैंकलाई ५६ मिलियन डलर ऋण

काठमाडौँ– ग्लोबल आइएमई बैंकलाई विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ ऋण दिएको छ। यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ बैंकले जनाएको छ। बैंकका अनुसार यस लगानीको उद्देश्य साना तथा […]

ग्लोबल आईएमईलाई आईएफसीको साढे सात अर्ब ऋण

विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ ।

साना तथा मध्यम उद्योगलाई आईएफसीको एक अर्ब लगानी

अन्र्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले साना ताथ मध्यम आकारका उद्यमहरु (एसएमई) एक अर्ब १५ करोड अर्थात एक करोड डलर लगानी गर्ने भएको छ ।स्वास्थ्य सेवा, नवीकरणीय उर्जा, प्रविधि र अन्य महत्वपूर्ण क्षेत्रमा रहेका साना व्यवसायहरुलाई सहयोग साथै नेपालमा आर्थिक पुनरूत्थानमा मद्दत पुर्याउने उद्देश्यले आईएफसीले डोल्मा इम्प्याक्ट कोष २ मार्फत लगानी गर्न लागेको हो । नेपालको […]