प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समान ७ मन्त्रालय दिने सहमति गरेका छन् ।
कांग्रेसलाई ८ मन्त्रालय राखेर माओवादी केन्द्र र जसपालाई समान ७ मन्त्रालय दिने सहमति गरेको स्रोतको दाबी छ ।
माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले मन्त्रालय भागबण्डामा सहमति जुटेको लोकान्तरलाई जानकारी दिए ।
गठबन्धन निर्माणमा निर्णायक शक्ति रहेको भन्दै २० सांसद रहेको जसपाले ४७ सदस्यीय माओवादीसरह मन्त्रालय पाउने भएको छ ।
प्रतिनिधि सभामा कांग्रेसका ६१ सांसद छन् । कांग्रेसले ...