घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन

तेह्रथुम- छथर गाउँपालिका-२ तेह्रथुमकी राजकुमारी लिम्बुको घरमा अहिले एक दर्जनभन्दा बढी बंगुरका पाठापाठी छन् । पाठापाठी बिक्रीबाटै उनले घर खर्चकाे जोहो गर्दै आएकी थिइन । तर, यसपटक भने पाठापाठी बिक्री नभएका कारण घर चलाउन मुस्किल भएको छ । पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्‍याउँदा पनि बिक्री नभएको उनले बताइन् । बंगुरको पाठापाठी बिक्रीबाट मात्रै […]

सम्बन्धित सामग्री

सल्यानको त्रिवेणीमा विपन्नलाई बाख्रा र बंगुरका पाठापाठी वितरण

जिल्लाको त्रिवेणी गाउँपालिकाले बिहीबार पालिकाका ३० किसानलाई उन्नत जातका बाख्रा तथा बंगुरका पाठापाठी वितरण गरेको छ । विपन्न, एकल महिला तथा लक्षित वर्ग विशेष कार्यक्रमअन्तगत पालिकाले किसानलाई बाख्रा तथा बंगुरका पाठापाठी वितरण गरेको हो ।

बंगुरका पाठापाठी नबिक्दा किसान चिन्तित

तेह्रथुम । बंगुरका पाठापाठी बिक्री नभएपछि तेह्रथुमका बंगुरपालक किसान समस्या परेका छन् । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानहरु आफूले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्या परेका हुन् । गत वर्ष ४ हजार सम्ममा बिक्री हुँदै आएको बंगुरको पाठा अहिले १५ सयमा पनि बिक्री नहुँदा मारमा पर्दै आएको किसान माया लिम्बुले बताउनुभयो । किसानहरुले एक […]

विदेशबाट फर्किएपछि बंगुरपालनमा रमाउँदै मानबहादुर

तुलसीपुर : शान्तिनगर गाउँपालिका-२ विष्णपुरका ३४ वर्षीय मानबहादुर परियारको दैनिकी हिजोआज बंगुर हेरचाहमा बित्ने गरेको छ।दाजुभाइ कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर बंगुरपालन गर्न लागेको करिब एक वर्ष हुन लागेको छ। उनले शुरुमा २६ वटा बंगुरका पाठापाठी ल्याएर शुरु गरेका थिए।आफ्नै जग्गामा करिब १३ लाखको लगानीमा १ सय बंगुर पाल्न मिल्ने आधुनिक खोर निर्माण गरेको उनले बताए। उनले शुरुमा साढे २ लाखको बंगुरका पाठापाठी ल्याएको पनि बताए। उनका अनुसार खोरमा अहिले २ जातका बंगुर रहेका छन्। जसमा पाख्रिबास धराने का

कृषकलाई बंगुरका पाठापाठी वितरण

गल्याङ नगरपालिकाका कृषकलाई एक हजार सातसय बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रम अन्तर्गत बंगुरका पाठापाठी वितरण गरिएको हो ।

गल्याङले दियो १७ सय बंगुरका पाठापाठी

अमृत अर्याल,स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिकामा १७ सय वटा बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा १७ सय वटा बंगुरका पाठापाठी वितरण गरिएको हो । नगरपालिकाका ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरिएको छ । गल्याङ नगरपालिका ७ मा रहेको कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत […]

जानकी गाउँपालिकाद्वारा ९० जना किसानलाई बंगुरका पाठापाठी वितरण

असार १४, कैलाली । कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बंगुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिक रूपमा बंगुर पालन गरिरहेका किसानलाई ३७० ओटा पाठापाठी वितरण गरेको हो । बंगुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बंगुरका पाठापाठी वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले व्यावसायिक बंगुरपालक किसानको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले पाठापाठी वितरण गरिएको बताए ।  ‘व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो’, अध्यक्ष चौधरीले भने, ‘बंगुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।’ गाउँपालिकाका उपाध्यक्ष उमा महतोले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गरे । ‘हामीले दिएका बंगुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन’, उनले भने, ‘हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।’ पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका १० ओटा समूहलाई बंगुरका पाठापाठी वितरण गरिएको बताए । ‘हामीले गाउँपालिकामा व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका १० ओटा समूहका ९० कृषकलाई प्रतिकृषकलाई तीन पाठी र समूहमा एक पाठा पर्ने गरी पाठापाठी वितरण गरेका छौँ’, उनले भने, ‘पठापाठी वितरण गर्न रू. २० लाख खर्च भएको छ । यसलाई सदुपयोग गर्नुहोला ।’ रासस

धरानका कृषकलाई नि:शुल्क बंगुरका पाठापाठी वितरण

धरान : धरान उपमहानगरपालिकाले कृषकहरूलाई कालो बंगुरको पाठापाठी नि:शुल्‍क वितरण गरेको छ। २५ जना कृषकहरुलाई प्रतिव्यक्ति ४ वटाका दरले १ सय वटा कालो बंगुरको पाठापाठी वितरण गरेको  हो।धरान १३ स्थित कृषि उपज बजारमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी धरान उपमहानगरका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठापाठी  वितरण गरका हुन्।मेयर राईले कृषकहरुलाई उपयुक्त खोर बनाउन सुझाव दिँदै बंगुरको पाठापाठी  लगेर मास्न नहुने बताए। कृषकहरुलाई प्राविधिक ज्ञान र सहयोग रहने पनि जानकारी दिनुभयो। बे

अज्ञात रोग लागेर बंगुर धमाधम मर्न थालेपछि किसान चिन्तित

धनकुटा : अज्ञात रोगले धनकुटाको साँगुरीगढी गाउँपालिकाको एक फर्ममा बंगुरका पाठापाठी र माउ मर्न थालेका छन्‌। वर्षेनी दिने गरिएको खोप यो वर्ष लकडाउनका कारण ल्याउन नपाउँदा साँघुरीगढी गाँउपालिका ५ ओख्रेका बंगुरपालक किसान गोविन्द प्रसाद थापा मगरका बंगुरका पाठापाठी र माउ मरेका हुन। करिब ६ वर्षदेखि...