गल्याङ नगरपालिकाका कृषकलाई एक हजार सातसय बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रम अन्तर्गत बंगुरका पाठापाठी वितरण गरिएको हो ।
जिल्लाको त्रिवेणी गाउँपालिकाले बिहीबार पालिकाका ३० किसानलाई उन्नत जातका बाख्रा तथा बंगुरका पाठापाठी वितरण गरेको छ । विपन्न, एकल महिला तथा लक्षित वर्ग विशेष कार्यक्रमअन्तगत पालिकाले किसानलाई बाख्रा तथा बंगुरका पाठापाठी वितरण गरेको हो ।
अमृत अर्याल,स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा १७ सय वटा बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा १७ सय वटा बंगुरका पाठापाठी वितरण गरिएको हो । नगरपालिकाका ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरिएको छ । गल्याङ नगरपालिका ७ मा रहेको कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत […]
असार १४, कैलाली । कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बंगुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिक रूपमा बंगुर पालन गरिरहेका किसानलाई ३७० ओटा पाठापाठी वितरण गरेको हो ।
बंगुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बंगुरका पाठापाठी वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले व्यावसायिक बंगुरपालक किसानको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले पाठापाठी वितरण गरिएको बताए ।
‘व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो’, अध्यक्ष चौधरीले भने, ‘बंगुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।’
गाउँपालिकाका उपाध्यक्ष उमा महतोले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गरे । ‘हामीले दिएका बंगुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन’, उनले भने, ‘हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।’
पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका १० ओटा समूहलाई बंगुरका पाठापाठी वितरण गरिएको बताए । ‘हामीले गाउँपालिकामा व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका १० ओटा समूहका ९० कृषकलाई प्रतिकृषकलाई तीन पाठी र समूहमा एक पाठा पर्ने गरी पाठापाठी वितरण गरेका छौँ’, उनले भने, ‘पठापाठी वितरण गर्न रू. २० लाख खर्च भएको छ । यसलाई सदुपयोग गर्नुहोला ।’ रासस
धरान : धरान उपमहानगरपालिकाले कृषकहरूलाई कालो बंगुरको पाठापाठी नि:शुल्क वितरण गरेको छ। २५ जना कृषकहरुलाई प्रतिव्यक्ति ४ वटाका दरले १ सय वटा कालो बंगुरको पाठापाठी वितरण गरेको हो।धरान १३ स्थित कृषि उपज बजारमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी धरान उपमहानगरका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठापाठी वितरण गरका हुन्।मेयर राईले कृषकहरुलाई उपयुक्त खोर बनाउन सुझाव दिँदै बंगुरको पाठापाठी लगेर मास्न नहुने बताए। कृषकहरुलाई प्राविधिक ज्ञान र सहयोग रहने पनि जानकारी दिनुभयो। बे
रोल्पा । कामका लागि विद्यालय छोडेर बाल श्रममा परेका र पर्न सक्ने बालबालिकाका परिवारकालाई आम्दानी अभिवृद्धिका लागि बंगुर वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकामा बालश्रम निवारणमा कार्यरत संस्था मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपालले विपन्न परिवारका लागि तीन/ तीन वटा बंगुरका पाठापाठी वितरण गरेको हो । त्रिवेणी गाउँपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा संचालन गरिएको एकीकृत …