भारतले नेपाली भूमिलाई आफ्नो देखाउँदै प्रकाशित गरेको दसौँ संस्करणको नक्साप्रति नेकपा क्रान्तिकारी माओवादीले आपत्ति जनाएको छ । नेपाली गाउँहरु कुटी, नावी, गुञ्जी र लिपुलेक–कालापानीदेखि लिम्पियाधुरा सम्मको क्षेत्र भारतमा पर्ने गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेको पार्टीको भनाइ छ ।पार्टी प्रवक्ता प्रतीकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय विस्तारवादी शासकवर्गले नेपाली गाउँहरु कुटी, नावी, गुञ्जी र लिपुलेक–कालापानीदेखि लिम्पियाधुरा सम्मको क्षेत्र भारतमा पर्ने गरी दशौं संस्करणक