कृषि तथा खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने
सरकारले कृषि तथा खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा रहेका प्रयोगशालालाई स्तरीकरण गरिने बताए ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन्।...
काठमाडौं : खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०७७ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ।प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो। समिति सभापति आरजु राणाले विभिन्न सरोकारवाला र कृषि,कानून र उद्योग मन्त्रीहरूसँगको पटक–पटकको छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको बताइन्। उनले राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस
काठमाडौँ, ९ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । विश्वव्यापी रुपमा भोकमरीको […]
सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले एक महिनाभित्रै प्रदेश खाद्य अधिकार परिषद् गठन गरिने बताएकी छिन् ।नागरिक समाज संगठनहरुसँगको भेटमा बुधबार मन्त्री चौधरीले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ अनुसार प्रदेश खाद्य अधिकार परिषद् गठन गर्ने तयारी भइरहेको बताएकी हुन् । उनले खाद्य खधिकार परिषद् गठन गर्नका लागि प्रकृया अघि […]
जुम्ला- संविधानले ग्यारेण्टि गरेकाे खाद्य, अधिकार तथा खाद्य स्वच्छता तथा खाद्य सम्प्रभूता, मौलिक हकलाई कार्यान्वयन गर्न पातारासी गाउँपालिकाले खाद्य अधिकार तथा कृषि रणनीतिक योजना बनाउन थालेको छ । खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न पातारासी गाउँपालिकाका प्रमुख, उपप्रमुख, कर्मचारीहरू र सरोकारवालाहरूको सहभागितामा खाद्य अधिकार तथा कृषि रणनीतिक योजना निर्माण गर्न थालिएको विश्व खाद्य कार्यक्रमका कर्णाली प्रदेश […]
गण्डकी प्रदेश खाद्य परिषदले खाद्य सुरक्षा सूचना निर्देशक समिति गठन गरेको छ। समितिले खाद्य तथा कृषि सम्बन्धी सूचना संकलन तथा विश्लेषण गरी नीति निर्माण तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउन काम गर्ने बताएको छ।...
काठमाडौँ – कृषिमा आधारित देशहरुको अर्थतन्त्रको मुख्य स्रोत तथा विश्वव्यापी खाद्य सुरक्षाको आधारका रुपमा रहेको कृषि क्षेत्र जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण गम्भीर चुनौतीको सामना गर्न बाध्य छ। तर स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ मा कृषि र खाद्य सुरक्षाको मुद्दा भने ओझेलमा परेको छ। कोप–२६ मा सहभागी नेपाली जलवायु अध्येता डा. […]
काबुल । अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले यहाँका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालनको बृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ ।सो मन्त्रालयले कृषिको विकासका माध्यमबाट यहाँका युवाहरुको रोजगारीमा बृद्धि गर्नुका साथै खाद्य उत्पादनका माध्यमबाट खाद्य संकट हटाउने कार्यक्रम ल्याएको हो । उक्त मन्त्रालयले शुक्रबार देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । […]
काठमाडौं : आज ४१औँ विश्व खाद्य दिवस। संसारभर ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ मनाइँदै छ।नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ। तर यस वर्ष भने दशैं परेकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन।सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो। सन् १९७१ मा राष्ट्र संघको २०औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पार
नेपालले महिनाव्यापी रूपमा विश्व खाद्य दिवस मनाउने भएको छ । विश्वव्यापी रूपमा अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसलाई नेपालमा महिनाव्यापी रूपमा मनाउन सुरु गरेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिए ।विश्व खाद्य सम्मेलन दिवसलाई नेपालको चाडबाडको मितिलाई ख्याल गर्दै महिनाव्यापी दिवसको कार्यक्रम तालिका बनाएर मनाउन थालिएको उनले जनाए ।खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी सङ्घसंस्थाले संयुक्त रूपमा कार्यक्रम मनाउने भएका हुन् । विगत पाँच वर