युरोपेली संघ (ईयू)को ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुँदैछ । युक्रेन र रुसको युद्धका कारण उत्पन्न ऊर्जा संकटको सामना गर्न आजदेखि ईयूमा आवद्ध देशहरुले १५ प्रतिशतले ग्यास खपत कटौती गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेका हुन् ।
दुई हप्ता अगाडि २७ राष्ट्र सम्मिलित युरोपेली संघ (ईयू) ले ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने सहमती गरेका थिए । यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले ...