एजेन्सी, १० फागुन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिएका छन् । युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका ‘दोनेत्स्क’ र ‘लुहान्स्क’का पृथकतावादीहरुलाई प्रत्यक्ष सैन्य सहायोग हुने गरी पुटिनले सेना पठाउन लागेका हुन् । गएराती राष्ट्रपति पुटिनले ती क्षेत्रमा सेना पठाउन रक्षा मन्त्रालयलाई आदेश दिएका हुन् । […]