युक्रेनमा आक्रमण गर्न रुसी राष्ट्रपतिको आदेश, संकटकालको घोषणा

रुसका राष्ट्रपति भाल्दमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको आदेश दिएका छन् । उनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दीदी भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' । पुटिनको आदेश संगै युक्रेनका राजधानी किभसंगै देशका विभिन्न स्थानमा ठूला ठूला बिस्फोटका आवाज सुनिएको सीएनएनले उल्लेख गरेको छ । साथै जहाज हरुलाई युक्रेनी आकाश भएर यात्रा गर्न प्रतिबन्ध लगाईएको छ । अमेरिका लगायतका देशले भने रुसलाई युक्रेनमाथि आक्रमण नगर्न चेतावनी दिदै आएका छन् । हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।

सम्बन्धित सामग्री

पुटिनले गरे युक्रेनमा आक्रमण नगर्ने घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण नगर्ने घोषणा गरेका छन् ।

सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशंका व्यक्त

काठमाडौँ- रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई तैनाथ गर्ने योजना रहेको थियो । शुक्रबार रुसी रक्षामन्त्री सर्गेई सोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेट गर्दै सैनिक परिचालन सम्पन्न भएको […]

खेल जीवन त्याग गर्दै रुसी खेलाडी

रुसले युक्रेनमा आक्रमण जारी राखे पनि थुप्रै खेलकर्मी यसको विरोधमा छन्। धेरै रुसी खेलाडीलाई त्यो आक्रमण मन परेको छैन। ‘संसारका मानव जाती एक हौ’ भन्ने भावनालाई आत्मसात् गर्दै खेलकुदमा जीवन बिताउनेका लागि त रुसले जारी राखेको मानवता विरोधी अपराध धेरै पीडादायी छ। यसै क्रममा पूर्व ओलम्पिक च्याम्पियन रुसी खेलाडीले खेल जीवन नै त्याग्ने घोषणा गरेका […]

युक्रेनमा आक्रमण कटाैती गर्ने रुसकाे घाेषणा, जेलेन्स्कीले विश्वास मानेनन्

रसियाली रक्षा मन्त्रालयले किभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई निकै कम गर्ने घोषणा गरेको छ । रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी गराएका छन् ।

युद्धको 'पहिलो चरण' सकिएको घोषणा, के रुस असफल भएको हो ?

एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने सङ्केत दिँदै अब पूर्वी क्षेत्रलाई 'मुक्त' बनाउन केन्द्रित हुने घोषणा गरेको छ। रुसको रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ।रुसको आक्रमण युक्रेनका केही सहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको छ। तर युक्रेनको बलियो प्रतिवादका कारण रुस अघि बढ्न सकिरहेको छैन।'हाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ,' रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोईले भने।'युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न केन्द्रित हुन सहयोग पुग्छ। त्यो भनेको डोन्बासलाई मुक्त गर्नु हो।'उनका अनुसार अब रुसी सैनिकहरूले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्नेछन्।पूर्वी युक्रेनको डोन्बास रुसले समर्थन गरेका पृथक्तावादीहरूको बाहुल्य रहेको क्षेत्र हो। रुसी सेनाले किएभमा पनि बमबारी जारी राख्दै राजधानी सहरलाई घेराबन्दी गरिरहेका छन्।रुसी सैन्य अधिकारी रुद्स्कोईले युक्रेनी सेनालाई अन्यत्र अल्झाएर रुस पूर्वमा केन्द्रित भइरहेको बताए।रुस असफल भएको दाबीपश्चिमा अधिकारीहरूले रुसको यो घोषणा मस्कोको रणनीति असफल भएको सङ्केत भएको दाबी गरेका छन्। रुस र युक्रेनबीच जारी युद्धका बेला युरोप भ्रमणमा निस्किएका अमेरिकी राष्ट्रपति जो बाइडन भ्रमण बिट मार्ने क्रममा युक्रेनको छिमेकी देश पोल्यान्डमा छन्।युक्रेनमा रुसी आक्रमणको उद्देश्य अझै स्पष्ट नभए पनि रुसी राष्ट्रपति पुटिनले युक्रेनको निरस्त्रीकरणमा जोड दिँदै आएका छन्। उनले युक्रेनमा रुसीभाषीको नरसंहार भएको दाबी गर्दै त्यहाँको सरकारलाई नवनाजी भएको आरोप लगाएका छन्।उनको दाबीको कुनै आधार खुलेको छैन भने युक्रेन र पश्चिमा देशहरूले रुसको आरोप युद्धका लागि वाहना मात्रै भएको जिकिर गरेका छन्।बीबीसी संवाददाता पोल एडम्सका अनुसार पूर्वी युक्रेनमा केन्द्रित हुने रुसी घोषणाका आधारमा मस्कोले किएभमा नियन्त्रणमा लिने उद्देश्य छोडिसकेको निष्कर्ष निकाल्नु हतार हुन्छ।तर पश्चिमा अधिकारीहरूले रुसले एकपछि अर्को असफलता बेहोर्नुपरेको छ।पोलका अनुसार पश्चिमा अधिकारीहरूले रुद्स्कोईको घोषणालाई मस्कोको युद्धपूर्वको महत्त्वाङ्क्षी रणनीति असफल भएको बुझेका छन्।धेरै मोर्चामा एकैपटक सैन्य अभियान सञ्चालन गर्न नसकिने रुसले बुझ्न थालेको एक अधिकारीले बताए।रुसी सेनालाई 'शक्तिशाली धक्का'युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमणकारी रुसी सेनालाई 'शक्तिशाली धक्का' दिएको दाबी गरेका छन्।'हाम्रा वीर सशस्त्र सैनिकहरूले शत्रुलाई शक्तिशाली धक्का दिएका छन्। उनीहरूतर्फ उल्लेख्य क्षति भएको छ,' रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्स्कीले भने।उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रुसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रुसले आफ्ना १,३५१ सैनिकको मृत्यु भएको बताएको छ।'म हाम्रा रक्षकहरूप्रति आभारी छु जसले आक्रमणकारीलाई आँधी नआए पनि समुद्र शान्त हुँदैन भन्ने देखाएका छन्,' जेलेन्स्कीले भने।'रुसी कदमसँग प्रतिरोध गरेर हाम्रा रक्षकहरूले रुसी नेतृत्वलाई वार्ता जरुरी छ भन्ने सन्देश दिएका छन्।'उनले मारिऊपोलमा दशौँ हजार मानिसहरू खाना, पानी र न्यानोको अभावमा फसेको भन्दै उनीहरूको अवस्था भने खराब हुँदै गएको उल्लेख गरेका छन्।'त्यो सहरको अवस्था दुःखद छ साँच्चिकै दुःखद। रुसी सेनाले त्यहाँ कुनै पनि मानवीय सहायता लैजान दिएको छैन,' जेलेन्स्कीले भने।मारिऊपोलमा रुसी आक्रमणमा परेको एउटा नाटकघरमा झन्डै ३०० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले बताएका छन्। रुसले आक्रमण गर्दा उक्त भवनमा सयौँ मानिसहरूले आश्रय लिइरहेका थिए।तर रुसले त्यहाँ आफूले आक्रमण नगरेको दाबी गरेको छ।युद्ध जारी भएकै बेला राजधानी किएभमा कफीघरहरू फेरि खुल्न थालेका छन्। युवाहरू कफीघरमा भेला भएर गफगाफ गर्न थालेका छन्।'उनीहरूले रुसका रक्षामन्त्री कतै हराइरहेको भनेका छन्,' पछिल्लो केही साता रुसी रक्षामन्त्री सार्वजनिक बैठकहरूमा नदेखिएकोतर्फ सङ्केत गर्दै जेलेन्स्की भने।रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबीयुक्रेनको आन्तरिक मन्त्रालयका एक सल्लाहकारले रुसी रक्षामन्त्री सर्गेई शोइगूलाई हृदयाघात भएको दाबी गरेका छन्।रुसले युक्रेनमा आक्रमण गरेयता ११ मार्चमा सार्वजनिक बैठकमा देखिएका रक्षामन्त्री शोइगू लामो समयपछि बिहीवार राष्ट्रपति पुटिनले मन्त्रीहरूसँग आयोजना गरेको बैठकको भिडिओमा केही सेकेन्ड देखा परेका थिए।आन्तोन जेरास्चेन्कोले आफ्नो फेसबुकमा 'युक्रेन आक्रमणमा असफल भएको पुटिनको आरोपपछि उत्पन्न तनावका कारण रक्षामन्त्री शोइगूलाई हृदयाघात भएको' र अहिले उनी अस्पतालमा भर्ना भएको दाबी बी गरेका छन्।यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका अधिकारीहरूले देशबाहिर गरिरहेको कामबारे 'मिथ्या समाचार' फैलाउने व्यक्तिलाई १५ वर्षसम्म जेल सजाय गर्न सक्ने कानुन बनाएका छन्।उनले युक्रेनमा आक्रमण सुरु भएलगत्तै पनि रुसी सेनाबारे झुटा समाचार प्रकाशन रोक्न यस्तै कानुन जारी गरेका थिए।स्वास्थ्यसेवामा ७० वटा आक्रमण: विश्व स्वास्थ्य सङ्गठनविश्व स्वास्थ्य सङ्गठनले युक्रेनमा अस्पताल, एम्बुलेन्स र चिकित्सकहरूमाथि दिनहुँजसो आक्रमण भइरहेको र हालसम्म ७० वटा भिन्दाभिन्दै आक्रमण भएको जनाएको छ।उसले स्वास्थ्यसंस्थालाई निसाना बनाउने रुसी रणनीति देखिएको उल्लेख गरेको छ।गत मार्च ८ मा दक्षिण खार्किभमा एउटा भर्खरै पुनर्निर्माण भएको अस्पतालमा आक्रमण भएको थियो। युक्रेनी अधिकारीहरूले अस्पतालमा रुसी सेनाले बमबारी गरेको दाबी गरेका छन्।त्यहाँका नगरप्रमुखले सामाजिक सञ्जालमा राखेका तस्बिर र दृश्यमा अस्पतालको मुख्य भवनमा व्यापक क्षति भएको र गत वर्ष मात्रै बनेको नयाँ सोधपुछकक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ।सामाजिक सञ्जालमा उपलब्ध भिडिओको आधिकारिताका बीबीसी र अन्य सञ्चारमाध्यमले पुष्टि गरेका छन्। तर कुन अवस्थामा आक्रमण भएको थियो भन्ने खुलेको छैन।'पहिलो आक्रमणले अस्पतालका झ्यालहरू, दोस्रो आक्रमणमा अस्पतालको शल्यक्रियाकक्षहरू ध्वस्त भए,' उपनगरप्रमुख भोलोदिमिर मात्सोकिनले बीबीसीसँग भने।आक्रमणको दिन अस्पतालका कर्मचारीहरूले गर्भवती महिला, बालबालिकासहित युद्धमा घाइते भएका नागरिक र सैनिकहरूको उपचार गरिरहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।तर भूमिगत तलामा बसिरहेका कारण आक्रमणमा कसैको पनि मृत्यु नभएको बताइएको छ। रुसले आफूले नियोजित रूपमा सर्वसाधारणलाई लक्ष्य गरेर आक्रमण नगरेको दाबी गर्दै आएको छ।

रुसमाथि अस्ट्रेलिया र जापानको थप प्रतिबन्ध

रुसमाथि अस्ट्रेलिया र जापानले थप प्रतिबन्ध घोषणा गरेका छन् । अस्ट्रेलियाले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्वर्ग, एघार वटा बैंक र सरकारी निकायलाई प्रतिबन्ध लगाएको हो । त्यस्तै जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको जनाएको छ । त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोन एक्सपोर्ट पनि छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि विभिन्न देशले प्रतिबन्ध लगाइसकेका छन् । तर चीनले रुसमाथि लाग्दै आएका प्रतिबन्धले विकासोन्मुख देशका लागि असर पुग्ने जनाएको छ । संयुक्त राष्ट्र सङ्घका लागि चीनका...

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध

एजेन्सी – रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ। रुसी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसँगै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन, रक्षा सचिव लायण्ड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवन र सीआइए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्धको घोषणा गरेको हो। यसले अरु मानिस पनि प्रभावित हुने विदेश मन्त्रालयले बताएको बीबीसीले उल्लेख गरेको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका […]

अमेरिका, बेलायत, ईयू र क्यानडाले लगाए पुटिनमाथि प्रतिबन्ध

एजेन्सी, १४ फागुन। युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । हिजो अमेरिका, बेलायत, ईयू र क्यानडाले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको हो । विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र सङ्घका महासचिव […]

चाहनेजति सबै नागरिकलाई हतियार दिन्छौँ: जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार चाहने सबै नागरिकलाई हतियार दिने बताएका छन्। युक्रेनका सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जेलेन्स्कीले पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन्। रुसी सैन्यले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी नागरिकहरुमाझ संकट मडारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले आफ्नो सुरक्षाका लागि हतियार चाहने सबै नागरिकलाई हतियार दिने बताएका हुन्। उनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा समेत […]

पुटिनले युक्रेनमा आक्रमण गर्न आदेश दिएका छन्ः युक्रेनी राष्ट्रपति

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेको युक्रेनका राष्ट्रपति जेलेनस्कीले बताएका छन् ।