एक करोड हिनामिनाको आरोपमा नगरप्रमुखविरुद्ध अख्तियारमा उजुरी

धनगढी : दार्चुलास्थित शैल्यशिखर नगरपालिकाले कृषि औजार खरिदमा एक करोड हिनामिनाको आरोप लागेको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको छ। कृषि औजार खरिद कार्यक्रम अन्तर्गत नगरपालिकाका प्रमुख विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी एक करोड हिनामिना गरेको भन्दै उजुरी परेको हो।संघ र प्रदेश सरकारबाट कृषि औजार खरिदका लागि एक करोड रुपैयाँ आएकोमा औजार खरिदका लागि टेण्डर गर्नुपर्नेमा मेयर धामीको ठाडो निर्देशनमा टेण्डर नगरी, औजार पनि खर

सम्बन्धित सामग्री

अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा सोमवार उजुरी दिएका हुन्।  संसदको सदस्य हुनुपूर्व स्पेन्डर बाइकमात्र भएका अमरेशको ३० करोड मुल्यबराबरको बंगला, २० करोड बराबरको जग्गा रहेको, मिटर ब्याजमा लगानी रहेकोजस्ता आरोप लगाइएको छ।…

शहिदनगरमा दुई करोड अनियमितता अख्तियारद्वारा छानविन सुरु

नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमा व्यापाक अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि अख्तियार टोली सो सम्बन्धमा छानविन सुरु गर्न कार्यालय पुगेको थियो। विभिन्न चारवटा योजनाको लागि प्रदेश सरकारबाट २ करोड १० लाख सशर्त अनुदान प्राप्त भएको थियो।...

आयल निगमका हाकिमले ४० करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीविरुद्द अख्तियार दुरुपयोग अनुसनधान आयोगमा उजुरी परेको छ । कार्यकारी निर्देशक थानीले ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाउँदा स्टक क्लियरेन्स नगरी मूल्य बढाएर ४० करोड रुपैयाँ भ्रष्टचार गरेको भन्दै उनी विरुद्द सोमबार अख्तियारमा उजुरी परेको हो । उजुरीमा कार्यकारी निर्देशक थानीले पेट्रोल पम्पहरुसँग मिलेर मूल्य बढाउने गरेको दाबी गरिएको छ । उजुरीकर्ता दामोदर रेग्मीले पहिला पेट्रोल पम्पहरुलाई प्रशस्त इन्धन दिएर पम्पहरुमा इन्धन बाँकी हुँदै चर्को मूल्यवृद्धि गर्ने गरिएको उल्लेख गरेका छन् । उनले यस वापत पम्पहरुले पाउने लाभमा निगमका हाकिमले पनि हिस्सा पाउने भएरै उनले पम्पहरुमा स्टक बाँकी हुँदै मूल्य बढाउने गरेको दाबी गरेका छन् ।निगमका कार्यकारी निर्देशकको मिलेमतोबीमा पम्पलाई प्रशस्त इन्धन दिएर अनि मूल्य बढाउने कुरा सम्भव नहुने दाबी रेग्मीको छ । संसदमा सांसदहरुले पनि सोमबार स्टक क्लियरेन्स नगरी मूल्य बढाउने काम भएको भन्दै यस विषयमा आयल निगमका अधिकारीदेखि मन्त्रीहरुसम्मको मिलेमतो रहेको आरोप लगाएका थिए । अख्तियारमा निगमका हाकिम विरुद्द मुद्दा दायर गरेका रेग्मीले तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

महिला आयोगकी अध्यक्ष पराजुलीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीविरुद्ध करोडौ रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उहाँमाथि ज्येष्ठ नागरिक संरक्षण केन्द्र निर्माण गर्न सरकारले उपलब्ध गराएको २१ रोपनी जग्गामा ६ करोड सरकारी अनुदान लिएर समयमै काम सम्पन्न नगरेको आरोप लागेको हो । कमलाकुमारी पराजुली अध्यक्ष रहेको संकल्प नेपाल नामको संस्थामार्फत […]

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले […]

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

१८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । कोभिड–१९ विरुद्धको २४ लाख खोप गायब गरेर मन्त्री खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै संघले अख्तियारमा उजुरी दिएको हो । मन्त्री खतिवडाले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी […]

स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।  नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसकाे मूल्य झन्डै दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा सङ्घले आराेप लगाएको छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गर...

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता (पत्रसहित)

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । युवा संघले मन्त्री खतिवडाविरुद्ध मंगलबार उजुरी दर्ता गरेको हो । उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध युवासंघले अख्तियारमा उजुरी दिने

एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो २ बजे दर्ता गर्ने उजुरीमा मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको छ ।

धुर्मुससुन्तली विरुद्ध अख्तियारमा उजुरी

२ माघ । सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् । आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ […]