अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा सत्ता गठबन्धनमा खटपट देखिन थालेको पाइएको छ । नेपाली काँग्रेस जसरी पनि अमेरिकी चासो अनुसार एमसीसी अघि बढाउने पक्षमा रहँदा सत्ता सहयात्री दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी त्यसको विपक्षमा देखिँदा गठबन्धनमा खटपट देखिएको हो । काँग्रेस अब बस्ने प्रतिनिधिसभा बैठकमै एमसीसी टेबुल गर्ने पक्षमा रहेको छ । तर, माओवादी केन्द्र र समाजवादी भने यसमा हतार गर्न हुने संशोधन बिना पारित हुन नसक्ने अडानमा रहेको छ । यस्तै सत्ता सहयात्री अर्को दल र...