एमसीसीले गठबन्धन अप्ठेरोमा परेको बेला देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो घटनाक्रमका विषयमा छलफल भएको छ । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयले सत्ता गठबन्धन अप्ठेरोमा परेको बेला प्रचण्ड बुधवार बालुवाटार पुगेका हुन् ।  प्रधानमन्त्रीले एमसीसी अगाडि बढाउने तयारी गरेपछि गठबन्धनमा खटपट परेको बेला प्रचण्डले देउवालाई भेटेका हुन् ।  प्रचण्डले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने अडान राखेका छन् । देउवा र प्रचण्डबीच एमसीसी तथा स्थानीय तहको चुन...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन फुटको संघारमा

काठमाडौँ- कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् […]

फुटको संघारमा सत्ता गठबन्धन, ओलीलाई फकाउँदै प्रचण्ड

कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । […]

प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव

नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ  प्रचण्डलाई भेट्न पुगेका हुन् । चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन । दुई दिन अघि बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले सरकार बनाउन सबै विकल्प खुला राख्ने भनेको थियो । तर भोलिपल्टै माओवादी यूटर्न हुँदै गठबन्धन भित्रबाट

ओलीपछि प्रचण्ड भेट्न वामदेव खुमलटारमा

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका गौतम अपरान्ह माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। उनले आगामी चुनावमा बाम गठबन्धन बनाएर जानुपर्ने बताउँदै आएका छन् । उनले एमाले अध्यक्ष ओलीलाई भेटेर पनि वाम गठबन्धन निर्माणमा जोड दिएका छन्। एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछ

प्रचण्ड भेट्न गृहमन्त्री पुगे खुमलटार, गठबन्धन बलियो बनाउनेबारे छलफल

काठमाडौं, २१ जेठ । गृहमन्त्री बालकृष्ण खाँण नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न खुमलटार पुगेका छन् । प्रचण्ड निवास खुमलटारमा आज विहान भएको भेटर्वाामा पाँच दलीय गठबन्धन बलियो बनाउनेबारे छलफल भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि यही गठबन्धनबीच तालमेल गर्नेबारे उनीहरुबीच छलफल भएको छ […]

खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष र वामदेव गौतमबिच भेटवार्ता भएको छ। अमेरिकी परियोजन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धन भित्र मतभेद बढिरहँदा दुई नेताबिच भेट भएको हो। प्रचण्डलाई भेट्न गौतम खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। दुई नेताबिच पछिल्लो समसामिक राजनीतिक घटनाबारे कुराकानी भएको बताइन्छ। नेकपा…

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौँ । संसदीय दलको बैठकबाट एमसिसीको विपक्षमा उभिने निर्णय गरे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सरकारले अघि बढाउन खोजेको एमसिसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको छ […]

देउवाले प्रचण्ड र नेपालसँग किन मागे एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु ?

काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने अडानमा टसमस नहुने भएका छन् । उनले सत्ता गठबन्धन जोगाएर या अन्य विकल्पबाट एमसीसी पारित गर्ने हुन् भन्ने चासो बनेको छ । देउवा सकेसम्म गठबन्धन जोगाउने पक्षमा छन् । उनले आफूलाई बालुवाटारमा भेट्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका […]

देउवासँग प्रचण्ड र नेपालको प्रश्न- गठबन्धन तोडेर एमसीसी पास गर्ने तयारी हो ?

सत्ता गठबन्धनका मुख्य साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका छन् ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रश्न गरेका हुन् ।  देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार मध्यान्ह बालुवाटार पुगेका थिए । भेटमा मुख्यतः एमसीसी अनुमोदनमा देउवाको अतिरिक्त सक्रियताबारे प्रचण्ड र ने...