सरकार गठन भएको साढे तीन महिनामै प्रदेश १ को सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको आइतबार बसेको बैठकले सरकारको काम कारबाही प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै काँग्रेसकी सांसद ज्योति सुब्बाले त काँग्रेस झोले भएर गठबन्धनमा बस्न नसक्ने बताएपछि गठबन्धनभित्रको विवाद छताछुल्ल भएको हो ।सत्ता गठबन्धन दलका धेरैजसो सांसदले नेपाली काँग्रेसको आन्तरिक गुटउपगुटको असर सत्ता गठबन्धनमा देखापरेको बताएका छन् । केहीले भने एम