काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धन दलबीच खटपट सुरु भएको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हाे । त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै अहिले गठबन्धनमा खटपट देखिएको छ । […]