अवैध रूपमा तोकिएको साढे सात लाख रुपैयाँ अतिरिक्त शुल्क नबुझाएको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका आफ्ना दुई विद्यार्थीलाई सोमबार सुरु चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गराएको घटना अमर्यादित र भर्त्सनायोग्य मात्र होइन, अत्यन्त अन्यायपूर्ण पनि छ ।