नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफूमाथि अन्याय भएको बताएका छन्। आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको बताए । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘ टिकटक भिडियो प्रविधिको दुरुपयोग हो । यसमा मेरो कुनै भूमिका छैन । ममाथि अन्याय भएकाले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको हुँ ।’ आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म&r