बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिए दिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस्,’ उनले भने ।तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो