म्याग्दी : धवलागिरी हिमालको फेदमा हरियो खर्क छ। त्यही खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले भेडीगोठ राखेका छन्।गोठमा रहेका पाँच सय भेडाबाख्राको सुरक्षा कुकुरले गर्दै आएका छन्। चार वर्षदेखि भेडापालन गर्दै आएका छन्त्यालको गोठमा अहिले करिब पाँच सय वटा भेडाबाख्रा छन्।ती भेडाबाख्रा हेर्नका लागि उनले पाँच वडा भोटे कुकुर पालेका छन्। कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जंगली जनावरको चाल थाहापाएपछि भुकेर गोठालोहरूलाई संकेत