चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरे

लमजुङ – चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरेका छन् । मर्स्याङ्दी गाउँपालिका–५ सञ्जापुमा रहेकाे भेडीगोठमा आज मङ्गलवार दिउँसो १ बजेको समयमा चट्याङ लागेर स्थानीय किसानका १८ वटा भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।   उहाँका अनुसार चट्याङबाट स्थानीय धनराज घलेका तीन वटा बाख्रा र १० वटा भेडा मरेका छन् । यस्तै सुकुमराशी गुरुङका तीन वटा बाख्रा र दुई वटा भेडा मरेका  छन् । चट्याङबाट मानवीय क्षति ...

सम्बन्धित सामग्री

लमजुङमा चट्याङ लागेर १८ भेडाबाख्रा मरे

लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, को दिले पाखा खर्कमा चट्याङ पर्दा १८ वटा भेडाबाख्रा मरेका छन् । वडा नं. ५ छिचुका धनराज घलेको १० वटा भेडा र ३ वटा बाख्रा साथै न्युरीका मंगलराशी गुरुङको ३ वटा बाख्रा र २ वटा भेडा मरेको वडाअध्यक्ष घनश्याम घलेले बताए ।

चट्याङले ८५ वटा भेडाबाख्रा मरे

मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ चिमाथ गाउँको पाटन लेखमा परेको चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन् । पाटन क्षेत्रमा भेडाबाख्रा चराउन लगेका बेला बिहीबार चट्याङ गरेको हो हावाहुरीसहित परेको चट्याङका कारण किसानले ठूलो क्षति बेहोर्नु परेको छ ।

पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।