राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीले नेताहरुमा असन्तुष्टि बढेको छ । बन्दसूची तयार गर्ने क्रममा अध्यक्ष राजेन्द्र लिङ्देन हाबी भएको तथा उनले आफू निकटका लागि महत्व दिँदै सूची बढाएको भन्दै असन्तुष्टि बढेको हो । सोमबार बसेको राप्रपाको कार्यसम्पादन, पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले सबै क्लस्टर तयार गरेर बन्दसूची आयोगमा बुझाएको थियो । जनाधार भएका र पार्टीमा योगदान दिएकालाई प्राथमिकता दिएर बन्दसूची तयार गर्ने भनिएपनि त्यस्तो हुन नसकेको नेताहरुको भना