काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवले वरियताप्रति असन्तुष्टि जनाउँदै समानुपातिको बन्दसूचीबाट आफ्नो नाम हटाउँन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । सोमबार सामाजिक संजाल फेसबुक मार्फत डा. यादवले आफूले आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको बताउनुभएको हो । २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा यादव धनुषाबाट निर्वाचित हुनुभएको थियो […]