आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति प्रमुख प्रतिपक्षी दल एमाले असन्तुष्ट देखिएको छ । मंगलबार आयोगले ७९ दललाई आयोगमा बोलाई आचारसंहिता पालना गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाएपनि एमाले हस्ताक्षर नगरी फर्किएको थियो । आयोगले बोलाएको सो कार्यक्रममा साना दलहरुले होहल्ला गरेकोले हस्ताक्षर गर्ने अवस्था नभएको बताएको एमालेले आचारसंहितामा केही त्रुटिहरु समेत रहेको बताएको छ ।आचारसंहिता निर्माणका क्रममा आयोगले दलहरुसँग छलफल नगरेको र प्रतिज्ञापत