पसल संचालकसँग ‘महिनावारी’ रकम उठाउने डिएसपी रंगेहात पक्राउ
पसल संचालकहरूसँग महिनावारी उठाउने डिएसपी चार हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिमा प्रहरी चौकी, धनुषाका डिएसपी देवकीलाल चौधरीलाई बिहीवार रंगेहात पक्राउ गरेको हो।
नगराइन नगरपालिका–२ जटहीस्थित...
काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।मुद्दा फाँटमा कार्यरत यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग ५ हजार रूपैयाँ घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका हुन्।घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।अख्तियार टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। यससम्बन्धमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
काठमाडौं, २८ चैत्र । भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई अख्तियारले नियन्त्रणमा लिएको छ । झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस माग गरेको उजुरीको आधारमा अख्तियारले रकमसहित नियन्त्रणमा लिएको थियो । झाले सेवाग्राहीबाट उक्त रकम लिइसकेको घुस लिइसकेको […]
२८ चैत, जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो । सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख […]
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ।सर्वोच्च अदालतले अख्तियारको नियमावलीको नियम ३० मा राखिएको ‘रंगेहात पक्राउ’ मा राज्यकै रकम घुस दिएर पक्राउ गर्नु गलत रहेको ठहर गरेको हो।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अख्तियारको नियमावलीको एउटा नियम संविधानसँग बाझिएको ठहर गरेको हो। सर्वोच्चले यो ठहर गत वैशाख ८ मा गरेको हो
काठमाडौं, बैशाख ९ । र्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि हुँदै आएको स्टिङ अपरेसन (घुस लिँदै गरेको अवस्थामा गरिने रंगेहात पक्राउ) लाई संविधानविपरीत भएको ठहर गरेको छ। सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका […]
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि हुँदै आएको स्टिङ अपरेसन (घुस लिँदै गरेको अवस्थामा गरिने रंगेहात पक्राउ) लाई संविधानविपरीत भएको ठहर गरेको छ। सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार अख्यिारको ...
हेटौंडा : बागमती पर्यटन विकास आयोजनाका सब इन्जिनियर नेत्र लामिछाने ५० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले लामिछानेलाई सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो।
आर्थिक वर्ष २०७५/०७६ मा धादिङमा पर्यटन विकाससम्बन्धी काम गर्दा ठेकेदार कम्पनीले राखेको धरौटी वापतको रकम फिर्ता माग गर्दा इन्जिनियर लामिछानेले…
बारा । अख्तियारको टोलीले एक जना इञ्जिनियरलाई नगदसहित रंगेहात पक्राउ गरेको छ ।
टोलीले साढे ९ हजार रकम सहित इञ्जिनियरलाई बुधबार रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका डिएसपी ...