काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नियन्त्रण बाहिरका माग राखेर ‘निर्माण व्यवसायी होली डे’ नमनाउन आग्रह गरेकी छन्। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बाेधन गर्दै उनले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनसमेत आग्रह गरेकी हुन्। मन्त्री झाँक्रीले निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोधन गरिएको जानकारी दिइन्। उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् […]