काठमाण्डौ - भारतमा आन्दोलनरत किसानसँग फेरि वार्ता गर्न सरकार तयार भएको छ । कृषि मन्त्री नरेन्द्र तोमरले आफूहरु किसानसँग फेरि वार्ताका लागि तयार रहेको बताउनु भएको हो ।
उहाँले विवादमा तानिएको कृषि कानुनमा कुनै हानी पुर्याउने प्रावधान भए त्यसलाई समाधान गर्न पनि तयार रहेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उहाँले यो कानुनले किसानकै फाइदालाई समेटेको दाबी भने गर्नु भएको छ ।
उहाँले आन्दोलन छोडेर वार्तामा आउन पनि किसानलाई आग्रह गर्नुभएको छ । ६ महिना अगाडि सरकार र किसानबीच भइरहेको वार्ता ...