काठमाडौं : सरकारले छिमेकी भारतमा पछिल्ला दिन कोभिड-१९ संक्रमणदर बढेको भन्दै वेलैमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले नयाँ कोरोना भेरिएन्टको समेत जोखिम रहेको जानकारी दिइन्।उनले भनिन्, ‘पछिल्लो समय भारत र चीनमा कोरोना संक्रमण बढेको पाइएको छ, नयाँ भेरिएन्टको पनि जोखिम छ, त्यसैले हामी सबै सचेत रहौँ।’उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर