भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।१४ वर्ष अघि अहमदाबादमा भएको श्रृंखलावद्ध बम विस्फोटका दोषी ४९ जनामध्ये ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।सन् २००८ मा अहमदाबादमा श्रृखंलाबद्ध विस्फोट भएको थियो । जसमा ५६ जनाको मृत्यु भएको थियो भने करिब २ सय जना घाइते भएका थिए । अहमदावाद श्रृखंलाबद्ध विस्फोट सन् २००८ को जुलाई २६ मा गुजरातको अहमदावाद शहरमा ७० मिन