गोर्खा ब्रुअरीले ल्यायो फायरमुन विन्टर वार्मर बियर

गोर्खा ब्रुअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ । उत्कृष्ट बास्ना भएको मसलाहरूको स्वादयुक्त विन्टर वार्मर क्राफ्ट बियर फायरमुन पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने पनि कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।हप्स, माल्ट र यिस्टबाहेक यस बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवाजस्ता शरीरलाई तातो बनाउने मसलाहरू मिसाइएको कम्पनीको दाबी छ । अन्य बियरभन्दा विन्टर

सम्बन्धित सामग्री

सीपी खेतानले १ खर्बमा बेचे गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियाको सेयर

१८ साउन, काठमाडौं । खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बेचेका छन् । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको …

भूकम्पपीडितलाई गोर्खा ब्रुअरीको १ करोड

गोर्खा ब्रुअरी प्रालिले भूकम्पपीडितका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको छ ।

भूकम्प प्रभावितलाई गोर्खा ब्रुअरीको १ करोड सहयोग

गोर्खा ब्रुअरी प्रा.लिले हालैका भूकम्प पीडितको पुनः स्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।

गोर्खा ब्रुअरीको समन्वयमा २५ करोडको १३ टन स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ को महामारीसँग लड्न सिंगापुरबाट १३ टनभन्दा बढी मेडिकल सामग्री आएको छ । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरी प्रालिको समन्वयमा नेपाल वायुसेवाको चार्टर उडानबाट सो सामग्री...

गोर्खा ब्रुअरी प्रालिले २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्ने

गोर्खा ब्रुअरी प्रालिले थप दुई संस्थासँगको सहकार्यमा कोरोना भाइरस (कोभिड–१९) को उपचार, नियन्त्रण र रोकथामका लागि सरकारलाई २० करोड बढी रकमको स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ । सिंगापरस्थीत तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसनसँगको संयक्त सहकार्यमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु भेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स नेपाल […]

गोर्खा ब्रुअरीले २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्ने

तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयुक्त सहयोगमा कोभिड–१९ उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० करोड रुपैयाँभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ ।सिंगापरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरी प्रालिको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, […]

गोर्खा ब्रुअरी, तामासेक र लोटस लाइफ सिंगापुरको नेपाल सरकारलाई २० करोडबढीको सहयोग

काठमाडौँ / गोर्खा ब्रुअरी प्रा.लि. तथा सिंगापुरस्थित तामासेक फाउण्डेसन, र लोटस लाइफ फाउण्डेसनले कोरोना महामारी

गोर्खा ब्रुअरीले मनाउँदैछ कार्ल्सवर्गको १७०औं वाषिर्कोत्सव

२५ कात्तिक, काठमाडौं । कार्ल्सबर्गको १७०औं वाषिर्कोत्सव मनाउन गोर्खा बु्रअरीले काल्र्सवर्गको अद्भूत सम्पदालाई पाटन संग्राहलयमा फोटो प्रदर्शनी समारोह मार्फत् हाईलाईट गर्‍यो । गोर्खा ब्रुअरी कम्पनीको कथा बोकेको र ज्याकोब्सेन परिवारको १८औं शताब्दीदेखि अहिलेको दिनसम्मको फोटोहरु दस्तावेजीकरण गरेर पाटन संग्राहलयमा एउटा फोटो प्रदर्शनी समारोहको आयोजना गर्‍यो । प्रदर्शनीमा १७० वर्षको बियर ब्रुइङ्गको इतिहासका …