बुटवल पावर कम्पनीलाई ‘गोल्ड अवार्ड’: पावर एण्ड इनर्जी क्षेत्रमा कम्पनीको उत्कृष्ट प्रतिवेदन

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार २०२२’ बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले प्रदान गर्ने उक्त सम्मानमा कम्पनी पावर एण्ड इनर्जी क्षेत्रमा ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको हो । आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको बताइएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा शुक्रवार अर्थमन्त्री डा. प्रकाशशरण महत र आईक्यानका अध्यक्ष भाष्कर सिंह लालाले संयुक्त रूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् । यस अवार्डले कम्पनीलाई आगामी दिनमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको सीईओ श्रेष्ठले बताए । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत छनोट भएको बताइएको छ । कम्पनीले हाल ९ दशमलव ४ मेगावाट तथा १२ मेगावाट क्षमताका दुईओटा जलविद्युत् केन्द्रमार्फत स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँचीका करीब ६२ हजार घरधुरीलाई विद्युत् वितरण गर्दै आएको छ । हाल सञ्चालनमा रहेका ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनामा कम्पनीको लगानी गरेको बताइएको छ । त्यस्तै पूर्र्व निर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिनस्थित करीब ६०० मेगावाटको तीनओटा जलविद्युत् आयोजनामा समेत कम्पनीको छ । 

सम्बन्धित सामग्री

सेयरधनीलाई ५ प्रतिशत लाभांश दिँदै बुटवल पावर कम्पनी

काठमाडाैँ – बुटवल पावर कम्पनीले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। हालै सम्पन्न भएको कम्पनीको ३१औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने  भएको हो। नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो […]

पेप्सीकोला बस्ने दुई विद्यार्थी किन बुद्धनगरको निर्माणाधीन घरबाट हामफाले ?

१५ भदौ, काठमाडौं । बुधबार अपरान्ह साढे ६ बजेतिर प्रहरी वृत्त, बानेश्वरमा खबर आयो, ‘बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल हानेका छन् ।’ खबर पाउनेबित्तिकै बानेश्वरको प्रहरी टोली घटनास्थलमा पुग्यो । पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे […]

बुटवल पावर कम्पनी पुरस्कृत

नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो।...

आई क्यान अवार्डबाट बुटवल पावर सम्मानित

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेड साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था(आई क्यान)ले आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । काठमाडौँमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमन राज अर्याल र आई […]

आइक्यान अवार्डबाट बुटवल पावर सम्मानित

बुटवल पावर कम्पनी लिमिटेड साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमन राज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त

बुटवल पावरको लाभांश पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

२७ पुस, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार बसेको कम्पनीको २९औं वार्षिक साधारण सभाले शेयरधनीहरुका लागि १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण […]

बुटवल पावर कम्पनी र समृद्धि फाइनान्सकोे शेयरमूल्य समायोजन

पुस ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार बुटवल पावर कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडकोे मूल्य समायोजन गरेको छ । नेप्सेले बुटवल पावर कम्पनीको बोनस शेयर तथा समृद्धि फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको हो ।  बुटवल पावर कम्पनीले लाभांश तथा समृद्धि फाइनान्सले हकप्रद शेयर प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४३८ दशमलव ७३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । बुटवल पावर कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने कम्पनीले निर्णय गरेको हो ।  सभा प्रयोजनका लागि आइतवार अर्थात् पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।   त्यस्तै, नेप्सेले समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयरको समायोजनपश्चात मूल्य रू. ३६१ दशमलव ३३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४९२ मा अन्तिम कारोबार भएको थियो ।  कम्पनीले २:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते नेपा धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यी बैंक तथा वित्तिय संस्थाहरुले आज लाभांश सुरक्षित गर्दैछन्

बिहीबार विभिन्न बैक तथा वित्तिय संस्थाहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । जसमा ज्योति विकास बैंक,एनएमबी लघुवित्त, सूर्या लाइफ,बुटवल पावर कम्पनी लगायतका बैक तथा वित्तिय संस्थाहरुले लाभांश सुरक्षित गर्दैछन् । ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस

कोभिड नियन्त्रणमा बुटवल पावर कम्पनीको ५० लाख आर्थिक सहयोग

काठमाडौँ । कोभिड नियन्त्रणमा बुटवल पावर कम्पनीले ५० लाख सहयोग गरेको छ । बुटवल पावर कम्पनी (बिपिसी) ले सञ्चालन गरेका तथा निर्माणाधीन चरणमा रहेका जलविद्युत आयोजनाहरू अवस्थित जिल्लाहरू प्युठान, स्याङ्जा, लमजुङ र मनाङ तथा धुलिखेल अस्पताल काभ्रेपलान्चोक लाई कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको लागि रु। ५० लाख बराबरको मेडिकल उपकरणहरू तथा आर्थिक सहयोग उपलब्ध गराएको […]

बुटवल पावर कम्पनी : कम्पनी विश्लेषण (बुधवार, १९ जेठ २०७८)

कम्पनीको शेयर मूल्य मंगलवार प्रतिकित्ता रु. ५१५ कायम भएको छ । सो दिन शेयर मूल्य उच्च रु. ५३९ बिन्दुसम्म पुगेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा ४ रुपैयाँले कमी आएको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ४५ करोड ८६ लाख नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा नाफामा ४८ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवमा रु. ८९ करोड ५९ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म विद्युत् बिक्रीबापत रु. ५५ करोड ७७ लाख ३२ हजार आम्दानी गरेकामा चालू आवको सोही अवधिमा रु. ५१ करोड ११ लाखमा सीमित भएको हो । नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ३३ दशमलव ३८ रहेकामा चालू आवको सोही अवधिमा घटेर रु. १५ दशमलव ५४ मा सीमित भएको हो । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभ स्टोन डोजी बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बियरिस प्रवृत्तिमा प्रवेश गर्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६६ दशमलव ७६ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २५ दशमलव २३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयर मूल्य रु. ५१५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४६९ मा टेवा पाउनेर महँगिए रु. ५५८ मा प्रतिरोधा पाउने देखिन्छ ।