जापान र स्पेन विश्वकपको नकआउटमा प्रवेश , जर्मनी र बेल्जियम बाहिरिए

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो ।  स्पेनसँग समान चार  अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।समूह चरणको अन्तिम खेलमा ४-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो । जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको तीन मिनेटपछि अर्र्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २-१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो । सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४-२ गोल अन्तरले  कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए । खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३-२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।त्यस्तै समुह 'एफ'बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत आज भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क जोडेको बेल्जियम र शुन्य अङ्क भएको क्यानडा समूह चरणबाटै बाहिरिए ।  कतारको अल थुमामा रंगशालामा समूह एफ अन्तर्गत आज भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो । खेलको सुरुआती समयदेखि दबाब बनाएको मोरक्कोले खेलको चौथो मिनेटमा  अग्रता लिन सफल भयो । मोरक्कोका लागि हाकिम जिएचले करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो । त्यस्तै खेलको २३औँ मिनेटमा मोरक्कोले अग्रता बढायो । मोरक्कोका अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले गोलमा परिणत गरे । त्यसपछि खेलको ४०औं मिनेटमा मोरक्कोका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो । त्यसपछि थप गोल भएन । कतारको अहमद बिन अली रंगशालामा आजै भएको समूह एफ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुङ्गिँदा अङ्कका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमले तीन खेलबाट ४ अङ्क जोड्यो भने समूह चरणका तीन खेलमा कुनै अङ्क नजोेडेको क्यानडा समूहमा पुच्छारमा रह्यो। 

सम्बन्धित सामग्री

८ देशका कलाकारलाई लिएर ‘यो मन त मेरो नेपाली हो’को छायांकन

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारलाई लिएर फिल्मको सुटिङ सुरु भएको हो । दोस्रो चरणमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायत मुलुकका कलाकार समावेश छन् । अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान यसका निर्देशक हुन् । ज्ञानबहादुर […]

जर्मनी र बेल्जियम विश्वकप फुटबलबाट बाहिरिए

काठमाडौं । उपाधि दाबेदार जर्मनी र बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएका छन् । बिहीबार राति भएका नाटकिय खेलहरुपछि समूह ‘ई’ बाट जापान र स्पेन तथा समूह ‘एफ’ बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरे । समूहको अन्तिम खेलमा जापानले स्पेनलाई २–१ ले हराएको छ । यो खेलमा स्पेनका अल्भारा्े मोराटाले […]

विश्वकप फुटबल : मोरक्को र क्रोयसिया विजयी हुँदा स्पेन र जर्मनी बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबलमा आइतबार भएको दोस्रो खेलमा मोरक्कोले बेल्जियम तथा क्रोएसियाले क्यानडालाई पराजित गरेको छ । त्यस्तै आइतबार विहान सम्पन्न अर्को खेलमा विश्वकपका दावेदार स्पेन र जर्मनीले बराबरी खेलेका छन् । समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो …

इटालीलाई हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा

काठमाडौं  : महिला युरोपियन च्याम्पियनको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आज विहान भएको  समूह डीको खेलमा इटालीलाई १–० ले पराजित गर्दै बेल्जियम पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ। बेल्जियम दोस्रो पटक युरो कप खेलिरहेको छ। बेल्जियमकी टिने डे केगनीले ४९ औं मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई क्वाटरफाइनलमा पुर्‍याएकी हुन्। योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको हो। सेमिफाइनल प्रवेशका लागि बेल्जियमले २२ जुलाईमा स्विडेनको सामना गर्नेछ। बेल्जियमसँगै इंग्ल्याण्ड, स्

विश्वकप ड्र : स्पेन र जर्मनी एकै समूहमा

कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको पहिलो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ ।पोट १ र २ को टोलीहरु विभाजन गरिँदा जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया  छन् ।कुन समूहमा कुन टिम ?  समूह ‘ए’ : कतार, नेदरल्यान्डसमूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिकासमूह ‘सी’ : अर्जेन्टिना, मेक्सिकोसमूह ‘डी’ : फ्रान्स, डेनमार्कसमूह ‘ई’

युरोपमा युनिस आँधी : कम्तीमा १६ जनाको मृत्यु

युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको ज्यान गएको छ। तीव्र गतिमा हावा चल्दा संचनाहरु भत्किएका छन् । बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो । तीव्र गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन्। यस्तै हावाले भग्नावशेषहरु पनि उडाएको छ । दशौँलाख घर तथा व्यवसायमा विद्युत आपूर्ति बन्द […]

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

इजरायलले ५५ देशका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ । अधिकांश अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट […]

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

कोरोनासँग जुध्न भारतलाई चौतर्फी सहयोग

एजेन्सी। कोरोनाबाट अत्याधिक प्रभाविक देश भारतलाई मद्दत गर्न संसारका थुप्रै देश अघिसरेका छन्। बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, आयरल्यान्ड, बेल्जियम, रोमानिया, पोर्चुगल र स्विडेनलगायतले मद्दत गर्ने घोषणा गरेका हुन्। युरोपियन युनियनले भारतलाई मद्दत गर्न संयोजनकारी भूमिका खेलिरहेको छ। भारतलाई यतिखेर अक्सिजन, भेन्टिलेटर तथा पीपीई आवश्यक परेकाले ती चिज उपलब्ध गराउन थुप्रै देश लागिपरेका छन्।