युरोकप अन्तरगत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ । जितसँगै जर्मनी खेलमा फर्किएको छ। यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित जर्मनीका लागि आजको खेल जित्नैपर्ने दवाव थियो ।
एलिनाज एरिनास्थित रंगशालामा शनिबार सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि उसका लागि आजको खेल ब्याड लक बन्यो ।
खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे।
पह...