पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न माग

एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ । दक्षिण एसियाली देश श्रीलंकाको  लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको हो ।श्रीलङ्कामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अधिकारवादी समूहको माग

एजेन्सी। एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ । दक्षिण एसियाली देश श्रीलंकाको लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको हो । श्रीलंकामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुव्र्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले […]

सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । विज्ञप्ति : वनको संरक्षण र दिगो व्यवस्थापनका लागि अमूल्य योगदान गर्दै आएका देशभरमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐ

वैद्यलाई २४ घण्टाभित्र कानुनी कारबाही गर्न माग

काठमाडौँ । नेपाली काँग्रेसका बागमती प्रदेश सभा सांसद नरोत्तम वैद्यलाई २४ घण्टाभित्र कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ । रोष्ट्रममै प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति अत्यन्तै निन्दनीय र खेदजनक रहेको भन्दै वैद्यलाई तत्कालै गिरफ्तार गरी योजनाकारहरूमाथि अनुसन्धान अगाडी बढाउन अनेरास्ववियुले माग गरेको हो । शनिवार अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्या गर्न तम्तयार रहेको […]

अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह, प्रधानमन्त्री गिरफ्तार

एजेन्सी। अफ्रिकी मुलुक मालीमा सैनिकले विद्रोह गरेर निवर्तमान राष्ट्रपतिसहित प्रधानमन्त्रीलाई गिरफ्तार गरेका छन्। सरकार परिवर्तन गर्ने बेला सेनाका दुई जनालाई मन्त्रिमण्डलबाट हटाएपछि सैनिक विद्रोह भएको हो।सेनाले रक्षमन्त्रीलाई पनि गिरफ्तार गरेको संयुक्त राष्ट्र संघ र अफ्रिकी युनियनले बताएको छ। अन्तर्राष्ट्रिय समुदायले मालीका निवर्तमान राष्ट्रपति बाह एन दाव र प्रधानमन्त्री मोक्टार ओआनेलाई रिहा गर्न माग गरेका छन्।

गिरफ्तार विद्यार्थी नेताहरु रिहा

काठमाडौं । बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा भएका छन् । आइतबार साँझ राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा नेताहरु रिहा भएका हुन् । अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट अध्यक्ष विमल पोखरेल र गण्डकी प्रदेश सांसद सुप्रभा थापा लगायत ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो पनिः भागरथी बलात्कार हत्याको विरोध गर्दा अखिल (छैठौँ) का केन्द्रीय नेताहरू गिरफ्तार ‘हामीहरु भर्खरै रिहा भएका छौं’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘राजमो उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा हामी सबैलाई छोडेको छ ।’ रिहाईपछि अध्यक्ष पोख्रेलले बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको न्यायका लागि आफूहरु थप सक्रियताका साथ देशैभर आन्दोलन गर्ने बताउनुभयो । प्रहरीले अध्यक्ष पोखरेल र सांसद थापासहित अखिल (छैठौं) का सचिव सुवास जिसी, राष्ट्रिय परिषद सदस्य सुमन पौडेल, केन्द्रीय सदस्यद्वय विवेक जिसी र प्रतिभा आचार्य, काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याललगायत नेताहरुलाई पक्राउ गरेको गरेको थियो । उहाँहरुलाई आइतबार दिनभर महानगरीय प्रहरी वृत सिंहदरबारमा राखि साँझ छोडेको हो । अखिल (छैठौं) ले भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिन माग गर्दै राजधानीसहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ । त्यस्तै, अखिल (छैठौं) रुपन्देहीले पनि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंह, जिल्ला सचिव सागर वेल्वासे र सदस्य टेकराज भुसालले सम्वोधन गर्नुभएको थियो ।

म्यानमारमा लोकतन्त्र बहाली गर्न राजमोको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले म्यानमारमा लोकतन्त्र बहाली गर्न माग गरेको छ । त्यहाँको सेनाले सत्ता हातमा लिएको घटनाको विरोध गर्दै राजमोले लोकतन्त्रको पुनर्स्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा सैनिक शासनप्रति भर्त्सना गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, ‘म्यानमारमा जननिर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको राष्ट्रिय जनमोर्चाले विरोध र भत्र्सना गर्दछ । त्यो घटनाले त्यहाँका जनताको अधिकार र राजनीतिक स्वतन्त्रता खोसिएको छ । लोकतन्त्र कुण्ठित भएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुचीसहित कैयन नेता र राजनीतिक कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । हामीले त्यहाँको जननिर्वाचित सरकारको पुनर्वहाली, जनताको प्रजातान्त्रिक अधिकारहरु सहित लोकतन्त्रको पुनस्र्थापना तथा गिरफ्तार राजनीतिक नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दछौं ।’

धर्मेन्द्र बास्तोलालाई रिहाइ गर्न २३ दलको माग

काठमाडौँ । नेकपा (मसाल) सहितका २३ राजनैतिक दल तथा सङ्घसंस्थाहरूले विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई तत्काल रिहाइ गर्न माग गरेका छन् । उनीहरूले गिरफ्तार नेता–कार्यकर्तालाई रिहाइ गर्दै वार्ताको पहल गर्न मागसमेत गरेका हुन् । २३ दलको तर्फबाट सी.पी. गजुरेलको हस्ताक्षरमा २०७७ माघ २ गते प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरिएको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै र केपी ओली सरकारलाई सुझाव दिँदै आएका छौँ । यदाकदा सरकारले वार्ताको प्रचार पनि गर्ने गरेको छ । तर, यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायतका चार जना नेतालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको देखिन्छ । हामी २३ राजनीतिक सङ्गठनको तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाइ गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौँ ।” २३ राजनीतिक दल तथा सङ्घसंस्थाको कार्यगत एकतामा सम्मिलित सङ्गठनहरू यस प्रकार रहेका छन्– १. नेकपा (मसाल), २.नेकपा (क्रान्तिकारी–माओवादी), ३.नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी–केन्द्र), ८. नेकपा (माओवादी–केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च, १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद नेपाल, १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्सेभिक), १५. राष्ट्रवादी केन्द्र नेपाल १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. नेकपा (माओवादी), २३. समाजवादी राष्ट्रिय मञ्च नेपाल ।