सुनिल शर्मालाई तुरुन्त गिरफ्तार गरी कारबाहीको माग गर्दै विद्यार्थीहरुले भेटे गृहमन्त्री र शिक्षामन्त्रीलाई (फोटोफिचर)

काठमाडौं, ७ माघ । सत्तारुढ दलनिकट विभिन्न विद्यार्थी संगठनका नेताहरुले आज गृहमन्त्री बालकृष्ण खाँण र शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिलकुमार शर्मालाई तत्काल कारबाही गर्न माग गरेका छन् । उनीहरुले आज सिंहदरबारस्थित् गृहमन्त्रालयमा पुगेर मन्त्रीद्धयलाई भेटी शर्मामाथि कारबाहीको माग गरेका हुन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश […]