उत्तर कोरियामा कोभिड–१९ का कारण पहिलो मृत्यु भएको छ । राज्य सञ्चालित सञ्चार माध्यमले यसबारे जानकारी दिँदै लाखौँमा ज्वरोको लक्षण देखिएको बताएको छ ।शुक्रबार सरकारी मिडियाले दिएको जानकारी अनुसार ज्वरो आएका ६ जनाको मृत्यु भएको छ जसमध्ये एकजनामा ओमिक्रोन पुष्टि भएको छ ।बीबीसीका अनुसार ज्वरो आएका १ लाख ८७ हजार जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको पनि बताइएको छ ।उत्तर कोरियामा कोरोना भाइरस निकै अघिदेखि नै रहेको विज्ञले विश्वास गर्दै आएका छन् । यद्यपि, त्यहाँको प्रशासनले भने बिहिबार मात्रै क