कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण

काठमाण्डाै - कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर  रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ  । फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलो' ...

सम्बन्धित सामग्री

कोरोनाका कारण बालबालिका अनाथ

कोभिड–१९ का कारण अभिभावक तथा संरक्षक गुमाएका २३५ जना बालबालिकाको तथ्याङ्क सङ्कलन भएको छ । विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट अभिभावक तथा संरक्षक गुमाएका बालबालिकालाई सरकारले संरक्षण, शिक्षालगायत आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्यले सातै प्रदेशमा प्रभावित बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बालअधिकार परिषद्मार्फत देशभरका स्थानीय तहलाई महामारीबाट प्रभावित परिवारमा आश्रित बालबालिका संरक्षण र बालअधिकारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले तथ्याङ्क पठाउन आह्वानन गरेको थियो । सातै प्रदेशका स्थानीय तहले राष्ट्रिय बालअधिकार परिषद्मा मङ्सिर अन्तिमसम्म पठाएको तथ्याङ्कअनुसार १४३ जना बालबालिकाले बुबा गुमाएका छन् । आमा गुमाएका ३१, आमा÷बुबा दुवै गुमाएका १८ र संरक्षक हजुरबुबा गुमाएका चार जना बालबालिका रहेको परिषद्ले जनाएको छ । यसैगरी, परिषद्मा स्थानीय तहले पठाएको तथ्याङ्कमध्ये आमा, बुबा वा संरक्षकमध्ये कसको मृत्यु भएको भन्ने स्पष्ट नभएको ३९ जना बालबालिकाको विवरण पनि प्राप्त भएको छ ।

बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशंकर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपांगता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक अपांगता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा कोरोनाको सङ्क्रमण घट्दै गएपछि सञ्चालनमा ल्याइएको हो ।      कोरोनाका कारण झण्डै दुई वर्ष कक्षा प्रभावित भएको थियो । कक्षामा ५ वर्ष पुरा भई १४ वर्ष ननाघेका १० जना बालबालिकालाई राखिएको छ । कक्षामा सुदूरपश्चिम प्रदेशका बैतडी, कैलाली र कञ्चनपुरका गरी तीन जिल्लाका बौद्धिक अपांगता र सुस्तमनस्थिति भएका बालबालिकाको बोली, भाषा, आनीबानी र व्यवहार परिवर्तनका लागि राखिएको विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले बताए । फरक क्षमता भएका बालबालिकालाई चित्र, संगीत, नृत्य, श्रव्यदृश्यमार्फत पठनपाठनको व्यवस्था मिलाइएको उनँले बताए । यो कार्यसँगै बौद्धिक अपांगता भएका बालबालिकालाई सरसफाइमा ध्यान पु¥याउने कार्यमासमेत जोड दिँदै आएको उनले बताए । स्रोत कक्षामा सहभागी भई पढ्दै आएका बालबालिकाको हेरचाहका लागि एक जना आया (हेरचाह गर्ने आमा) र एकजना स्रोत शिक्षकको व्यवस्था मिलाइएको छ । विद्यालयले बालबालिकाको पठनपाठनसँगै बस्नका लागि छ वटा आवासीय कक्षा कोठा, भान्सा र शौचालयको व्यवस्था मिलाएको छ ।      बालबालीकालाई पोशाक, शैक्षिक सामग्री, बस्नका लागि बेड, बेडसिट, सिरक, गद्दा, टुथपेष्ट, ब्रस, साबुनलगायत आवश्यक सामग्रीको व्यवस्था विद्यालयले मिलाएको छ । सशर्त अनुदान कार्यक्रममार्फत स्रोत कक्षा सञ्चालनका लागि विद्यालयलाईप्रति विद्यार्थी ४० हजारका दरले १० महिनाको अनुदान रकम उपलब्ध गराइँदै आएको छ । सोही खर्चमा कक्षा सञ्चालन हुने गरेको छ । ‘हाललाई विद्यालयकै भवनमा स्रोत कक्षा सञ्चालन गरेका छौं,’ उनले भने, ‘छात्रावास, खानेपानीसँगै घेरावारको अभाव छ । त्यसका लागि नगरपालिका र प्रदेश सरकारलाई गुहार्दै आएका छौं ।’ आयालाई १३ हजार ४५० मासिक तलब र स्रोत शिक्षकलाई मासिक ५०० भत्ता दिने व्यवस्था गरी नियुक्त गरिएको छ । विसं २०७४ देखि सञ्चालन भएको स्रोत कक्षामा सहभागी भई उमेर पूरा भएपछि चारजना बालबालिका घर फर्किएका छन् । ‘बौद्धिक अपांगता र सुस्तमनस्थितिका बालबालिकालाई विद्यालयमा जुनसुकै समयमा पनि भर्ना गर्न सकिन्छ,’ प्रअ जोशीले भने, ‘बौद्धिक अपांगता र सुस्तमनस्थिति भएका बालबालिकालाई अभिभावकले विद्यालयमा भर्ना गर्न ल्याए भर्ना लिन्छौं ।’ प्रचलित नियम अनुसार पाउने सबै सुविधा प्रदान गरी आनीबानी सुधारसँगै पठनपाठनको व्यवस्था हुन्छ । घरको वातावरण भन्दा राम्रो गरी स्याहारसुसार गर्छौं ।’

कोरोनाका कारण विश्वभर १५ लाखभन्दा बढी बालबालिका भए अनाथ

एजेन्सी। कोरोना संक्रमणले विश्वमा लाखौं बालबालिकालाई अनाथ बनाएको छ। ल्यानसेटमा प्रकाशित प्रतिवेदनअनुसार कोरोना महामारी सुरु भएको पहिलो १४ महिनामा विश्वका २१ देशमा १५ लाख ६२ हजार बालबालिकाले माता वा पिता वा दुवै गुमाएका छन्। यीमध्ये एकलाख १६ हजार २६३बालबालिका भारतमा रहेका छन्। भारतमा साढे २५हजार बालबालिकाले माता, ९० हजार ७५१ जना बालबालिकाले पिता र १२जना बालबालिकाले माता–पिता दुवै गुमाएका छन्।

कोरोनाका कारण विश्वभर २ करोड ३० लाख बालबालिका नियमित खोपबाट वञ्चित

विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा प्रकाशित तथ्यांक अनुसार सन् २०२० मा विश्वभर कोरोना संक्रमणका कारण २ करोड ३० लाख बालबालिकाले नियमित खोप पाउनबाट वञ्चित भएका हुन्।

कोरोनाका कारण विश्वभर २ करोड ३० लाख बालबालिका नियमित खोपबाट वञ्चित

विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा प्रकाशित तथ्यांक अनुसार सन् २०२० मा विश्वभर कोरोना संक्रमणका कारण २ करोड ३० लाख बालबालिकाले नियमित खोप पाउनबाट वञ्चित भएका हुन्।

निःशुल्क भर्ना अभियान सञ्चालन गर्दै प्यूठानका स्थानीय

प्यूठान । प्यूठानको ग्रामीण क्षेत्रका धेरै बालबालिका शिक्षाको पहुँच बाहिर छन् । आर्थिक अवस्था कमजोर हुँदा धेरैले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता छ । यही तथ्यलाई दृष्टिगत गर्दै जिल्लाका केही स्थानीय तहले कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा लागू गर्ने भएका छन् । आगामी आव २०७८/७९ को नीति, कार्यक्रम र बजेटमा निःशुल्क शिक्षाका लागि बजेट समेत विनियोजन गरिएको छ । पालिकाभित्रका सबै बालबालिकालाई विद्यालय क्षेत्रभित्र ल्याउन यो कार्यक्रम ल्याइएको हो । वैशाखमा नयाँ शैक्षिक सत्र शुुरू हुनुपर्ने भए पनि कोरोना महामारीका कारण असारबाट मात्र नयाँ शैक्षिक सत्र शुरू भएको छ । कोरोनाका कारण अभिभावकको आयस्रोतमा कमी भएपछि जिल्लाको झिमरुक गाउँपालिकाले भने निःशुल्क विद्यार्थी भर्ना अभियान थालेको छ । नेपाल सरकारले निःशुल्क शिक्षा लागू गरे पनि प्यूठानका सामुदायिक विद्यालयले अस्थायी, निजी शिक्षकको तलबका लागि भन्दै विद्यार्थीबाट भर्ना शुल्क लिँदै आएका थिए । तर, स्थानीय तहले बजेट विनियोजन गरेपछि विद्यार्थीले शुल्क तिर्नुपर्ने बाध्यता हटेको हो । झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीले बताए । ‘सरकारले निःशुल्क शिक्षा घोषणा गरे पनि पालिकाका सामुदायिक विद्यालयले निजी शिक्षकका लागि भन्दै विद्यार्थीबाट भर्नाबापतको रकम लिँदै आएका थिए,’ उनले भने, ‘तर अहिलेदेखि पालिकाले विद्यार्थीको भर्ना निःशुल्क गरेको छ, पैसा नभएर अब विद्यालय जान नपाउने तथा बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता हुँदैन ।’ झिमरुक गाउँपालिकाका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाबाट ३५ लाख रुपैयाँ उठाउँदै आएका थिए । तर विद्यार्थी भर्नाका नाममा उठाउँदै आएको रकम पालिकाले व्यवस्था गरेपछि अभिभावक तथा विद्यार्थी भने खुशी भएका छन् । अहिले प्यूठानमा भर्ना शुल्क तिर्नुपर्ने बाध्यता हटेपछि आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि विद्यालय पठाउन सक्ने अवस्था आएको छ । जिल्लाको प्यूठान नगरपालिकाले गतवर्षदेखि नै निःशुल्क विद्यार्थी भर्ना गर्दै आएको छ । सरकारको नीति नै निःशुल्क शिक्षा प्रदान गर्ने भए पनि सरकारी विद्यालयमा आवश्यक शिक्षक नहुँदा विद्यालयले निजी कोटामा शिक्षक राख्दै आएका थिए, जसका लागि विद्यार्थीबाट भर्ना शुल्क उठाउनुपर्ने बाधयता थियो । तर, अहिले यस वर्ष केन्द्र सरकारदेखि स्थानीय तहसम्मले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

असार १, भक्तपुर । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलवारदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले मंगलवारदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गरेका छन् ।        मन्त्रालयले शिक्षा तथा मानवविकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान शरु गर्न निर्देशन दिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो । सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको हो ।             केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले असार १ गतेदेखि देशभर भर्ना अभियान शुरुआत भएको जानकारी दिए। केन्द्रले अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट आजदेखि विद्यार्थीका कक्षामा अभिलेकीकरण शुरु गरी असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।             विद्यालयले विद्यार्थीको अभिलेखीकरण पूरा गरी आफ्नो नजिकको विक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा वैकल्पिक विधि अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनु पर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिकरुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् ।             कोरोनाका कारण विद्यार्थीसमेत गाउँ गएकाले भर्ना अभियान विगतका वर्षमा जस्तो प्रभावकारी हुनेमा आशंका पैदा भएको छ । विसं२०७६ सम्ममा सरकारले वैशाख १ गतेदेखि १५ गतेसम्म भव्यरुपमा बिभिन्न कार्यक्रम गर्दै भर्ना अभियान सञ्चालन गर्दै आएको थियो ।             विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा भर्ना अभियान सञ्चालन गर्ने र घरदैलो अभियान गर्ने गर्दै आएको थियो । विसं २०७७ सालदेखि भने कोरोना भाइरसको महामारीका कारण भर्ना अभियान प्रभावकारी हुन सकेको थिएन । गतवर्ष शैक्षिक सत्र कहिलेबाट सञ्चालन गर्ने भन्दै अन्योल भयो भने साउनदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको थियो । यस वर्ष भने सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र निर्धारण गरेको हो ।             वैकल्पिक विधिबाट पठनपाठन हुने भएपछि गतवर्ष धेरै विद्यार्थीले पढाई छोडेको आकलन गरेपनि गत वर्ष कति विद्यार्थी भर्ना भए र यस वर्ष कति विद्यार्थी भर्ना हुन्छन् भन्ने तथ्याङ्क समेत केन्द्रले राख्न सकेको छैन ।रासस

कोभ्याक्स फेसिलिटीले ६ करोड ५० लाख खोप वितरण गर्ने, नेपाल उच्च प्राथमिकतामा

काठमाडौं। राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)ले कोभ्याक्स फेसिलिटीअन्तर्गत यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गरिने जनाएको छ। युनिसेफले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट पछिल्लो समय अति प्रभावित भारत, नेपाललगायत दक्षिण एसियाली राष्ट्रलाई खोपको अतिनै आवश्यकता रहेको जनाएको छ। कोरोनाका कारण नेपाल, श्रीलंका, माल्दिभ्स, अर्जेन्टिना र ब्राजिलको स्वास्थ्य प्रणाली नै धरमराएको विज्ञप्तिमा उल्लेख छ।

कोरोनाबाट अभिभावक गुमाएकाको पीडा गीतमा : RajdhaniDaily.com - कोरोना

RajdhaniDaily.com | काठमाडौं । अहिले कोरोनाका कारण नेपालमा मृत्युदर बढेको छ । जसका कारण कैयौं बालबालिका अनाथ भएका छन् । उनीहरू निरास भएका छन् तड्पिएका छन् । यही समस्यालाई - कोरोना

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

काठमाण्डाै - भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा  ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोख...