भारी हिमपातका कारण सडकमा झन्डै ३ फिटसम्म हिउँ जमेपछि २ सातादेखि मुगुको गमगढी–नाग्मा सडकमा यातायात बन्द भएको छ । सडकअन्तर्गत घुच्चीडाब, सातमोड, बुलबुले, पिनाखोलालगायत ठाउँमा बाक्लो हिउँ जमेपछि गाडी नचलेका हुन् । रुकुम पश्चिमस्थिते भम्पु–खदी सडकमा पनि हिउँ जमेपछि स्थानीयवासी हिँडेरै आउजाउ गर्न बाध्य छन् ।