काठमाण्डाै - हिमपात र वर्षाले देशका धेरै ठाउँको जनजीवन कष्टकर बनाएको छ ।
हिमपातका कारण उच्च पहाडी तथा हिमाली जिल्लासँगै तराईका जिल्लाको जनजीवन कष्टकर बनेकाे छ ।
चिसो बढ्दा घर बाहिर हिँडडुल गर्न समेत कठिन भएको छ । गएको ११ गतेदेखि परेको हिमपातका कारण मनाङका माथिल्लो क्षेत्रका स्थानीय बासिन्दा जिल्लाबाट बाहिरिएका छन् ।
मनाङको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । हिमपातले हिँडडुल गर्न समेत कठिन भएको छ । गाडीको आवगमनसमेत ठप्प भएको छ । मनाङको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेक...