अमेरिकामा हुने मातृ मृत्युदरमध्ये ८० प्रतिशत घटाउन सकिने एक प्रतिवेदनको निष्कर्ष

अमेरिकामा अहिले भइरहेको मातृ मृत्युदरमा ८० प्रतिशतले कमी ल्याउन सकिने एक अध्ययनले देखाएको छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडीसी)ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा ८० प्रतिशत मातृ मृत्यु रोक्न सकिने उल्लेख छ । सन् २०१७ र २०१९ मा अमेरिकाका ३६ राज्यमा गरेको अध्ययनका आधारमा कुल गर्भवतीमध्ये २२ प्रतिशतले सुत्केरी हुनु अगाडि ज्यान गुमाउने गरेको देखिएको छ । त्यसैगरी २५ प्रतिशत गर्भवतीको सुत्केरी भइरहेका बेला वा सुत्केरी भएको सात दिनभित्रमा ज्यान जाने गरेको छ । बाँकी ५३ प्रतिशतले सुत्केरी भएको सात दिनदेखि एक व...

सम्बन्धित सामग्री

घट्दै मातृ मृत्यु, लक्ष्य भेट्न चुनौती

दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ। विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्यु ७० पु¥याउने प्रतिबद्धता जनाएको छ।

एक बर्षमा ६ सय २२ मातृ मृत्यु, कुन जिल्लामा कति ?(सूचीसहित)

नेपालमा एकबर्षको अवधिमा ६ सय २२ जनाको मातृ मृत्यु भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरुसंगको सहकार्यमा गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो।...

मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्य सचिव

काठमाडौं, साउन १८ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपालमा मातृ मृत्युदरको अवस्था र सरोकारवालाको भूमिका विषय उच्चस्तरीय नीति संवाद’मा उनले सबैको सहयोगले मातृ मृत्यु घटाउन सकिने बताए । उनले विगतको तुलनामा मातृ मृत्युदर निकै राम्रो उपलब्धि […]

प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु एक सय ५१

नेपालमा प्रतिलाखमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा नेपालमा पहिलो पटक राष्ट्रिय जनगणनासँगै गरेको ‘मातृ मृत्युसम्बन्धी अध्ययन’ ले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु एक सय ५१ रहेको देखाएको हो । नेपालले सन् २०२२ मा प्रतिलाख एक …

यस्तो छ जनगणनासँगै भएको मातृ मृत्यु सम्बन्धी अध्ययन प्रतिवेदनको पूर्णपाठ

मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसूति र सुत्केरी अवधिमा हुने मातृ मृत्युका कारणहरू पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन भएको हो।

जनगणना : मातृ मृत्युसम्बन्धी सत्यतथ्य सूचना दिन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाण्डाै - सरकारले राष्ट्रिय जनगणनामा आधारित मातृ मृत्यु अध्ययन थालेको छ । हिजोदेखि आउँदो मंसिर ९ गतेसम्म हुने जनगणनामा गणकले कुनै घर परिवारमा विगत १२ महिनामा १५ देखि ४९ वर्षका महिलाको मृत्यु भएको पत्ता लागेमा ‘मातृ मृत्यु सूचित फाराम’ भरी त्यसको जानकारी जनगणनामा खटिएका सुपरिवेक्षक तथा तालिम प्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने छन् । यो जानकारी स्वास्थ्यकर्मीले पालिकामार्फत मंसिर महिनाभित्र स्वास्थ्य मन्त्रालयलाई बुझाउनेछन् । यो अध्ययन राष्ट्रिय प्राथमिकतामा प्राप्त कार्यक्रम भएकाले जनगणनामा घर घरमा पु...

जनगणनासँगै मातृ मृत्यु अध्ययन गरिँदै, किन हुँदैछ अध्ययन?

सरकारले राष्ट्रिय जनगणना २०७८ सँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन हुन लागेको हो।

जनगणनासँगै मातृ मृत्यु अध्ययन गरिँदै, किन हुँदैछ अध्ययन?

सरकारले राष्ट्रिय जनगणना २०७८ सँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन हुन लागेको हो।

जनगणनासँगै मातृ मृत्यु अध्ययन किन गरिँदै छ?

भदौ ३० गतेदेखि असोज १८ गतेसम्म चलिरहेको राष्ट्रिय जनगणनासँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरिएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।

दक्षिण एसियामा २ लाख बढी बाल तथा मातृ मृत्यु भएको हुनसक्नेः राष्ट्रसंघ

काठमाडौं। दक्षिण एशियामा कोभिड–१९ का कारण स्वास्थ्य सेवा अवरुद्ध हुँदा २ लाख २८ हजार बाल मृत्यु भएको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले गरेको छ।‘कोभिड–१९ को दक्षिण एसियामा प्रत्यक्ष/अप्रत्यक्ष असर’ प्रतिवेदनमा ११ हजार मातृ मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। कोभिड–१९ ले यो क्षेत्रमा थुप्रै स्वास्थ्य संस्था र स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमहरू बन्द भएका थिए।