काठमाण्डाै - सरकारले राष्ट्रिय जनगणनामा आधारित मातृ मृत्यु अध्ययन थालेको छ ।
हिजोदेखि आउँदो मंसिर ९ गतेसम्म हुने जनगणनामा गणकले कुनै घर परिवारमा विगत १२ महिनामा १५ देखि ४९ वर्षका महिलाको मृत्यु भएको पत्ता लागेमा ‘मातृ मृत्यु सूचित फाराम’ भरी त्यसको जानकारी जनगणनामा खटिएका सुपरिवेक्षक तथा तालिम प्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने छन् ।
यो जानकारी स्वास्थ्यकर्मीले पालिकामार्फत मंसिर महिनाभित्र स्वास्थ्य मन्त्रालयलाई बुझाउनेछन् । यो अध्ययन राष्ट्रिय प्राथमिकतामा प्राप्त कार्यक्रम भएकाले जनगणनामा घर घरमा पु...