काठमाडौं। दक्षिण एशियामा कोभिड–१९ का कारण स्वास्थ्य सेवा अवरुद्ध हुँदा २ लाख २८ हजार बाल मृत्यु भएको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले गरेको छ।‘कोभिड–१९ को दक्षिण एसियामा प्रत्यक्ष/अप्रत्यक्ष असर’ प्रतिवेदनमा ११ हजार मातृ मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। कोभिड–१९ ले यो क्षेत्रमा थुप्रै स्वास्थ्य संस्था र स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमहरू बन्द भएका थिए।