प्रहरीले कैलालीबाट विभिन्न हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।सोमबार राति अन्दाजी २३ः५५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले कैलालीकै गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक प्रतीक विष्टका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको बा१७च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा १२ बोर एक थान