काठमाडौं : नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्याइएको जनाएको छ।निगमका अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित