चिनियाँ आर्थिक प्रणाली ‘गैर-बजार’ रहेको अमेरिकी आरोपबारे चीनले खण्डन गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले आरोप आधारहीन र तर्कसङ्गत नरहेको टिप्पणी गरेको हो ।
अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा अमेरिकाले चीनमाथि लगाउने गरेका आरोप पूर्णतः तथ्य विपरीत भएको मन्त्रालयको दाबी छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले गरेका दाबीलाई खण्डन गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
प्रतिवेदनमा अमेरिकाले चीनको गैर–बजार नीति र अभ्यास...